पाण्डवेश्वर मन्दिरमा महाशिवरात्री महोत्सव

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 112 Views   ||

दाङ, माघ २८ । यस वर्षको महाशिवरात्रीमा धारपानीमा महाशिवरात्री महोत्सव लाग्ने भएको छ । वर्षेनी महाशिवरात्रीका दिन धर्नाको धारपानीस्थित पाण्डवेश्वर मन्दिर परिसरमा लाग्ने मेलालाई यस वर्ष महाशिवरात्री महोत्सवको रुपमा मनाउन लागिएको हो । मेलालाई फागुुन ३, ४ र ५ गतेसम्म महोत्सवको रुपमा मनाइने पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिले सोमबार घोराहीमा पत्रकार भेटघाटको आयोजना गरी महोत्सवको लागि तयारी करीब अन्तिम चरणमा पुुगेको जनाएको छ । महोत्सव तथा शिवरात्रीका दिन मन्दिरमा पूजाआजा गर्नेलगायत सम्पूर्ण व्यवस्थापन गर्न विभिन्न उपसमितिहरु गठन गरिएको समितिका उपाध्यक्ष श्रीधर पौडेलले जानकारी दिनुुभयो ।

महोत्सवलाई व्यवस्थापन गर्नका लागि सोमबार नै जिल्लाका विभिन्न सुरक्षा निकायहरुसँग छलफल गरेको र आवश्यकता अनुुसार सुुरक्षा जनशक्ति उपलब्ध गराउने ती निकायहरुबाट आश्वासन पाएको र समितिको तर्फबाट एक हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने पत्रकार भेटघाटमा जानकारी दिइएको थियो ।

त्यस्तै उक्त दिन मन्दिरसम्म जानका लागि घोराही–लखबार–धारपानी, घोराही–गुुरगैं–धारपानी र घोराही–गैरागाउँ–पर्चुुका–जजरागाउँ हुुदै धारपानी मन्दिरसम्म गरी तीन वटा सडकलाई प्रयोग गरिने उपाध्यक्ष पौडेलले बताउनुुभयो ।

त्यस्तै घोराहीबाट महोत्सव स्थलसम्म जानका लागि बसहरुको एकतर्फी भाडा ४० रुपैयाँ र हायसलगायत हायस प्रकृतिका सवारी साधनको एकतर्फी भाडा ५० रुपैयाँ कायम गरिएको छ । त्यस्तै महोत्सव स्थलमा सवारी साधनलाई व्यवस्थित गर्नका लागि १० देखि ८० रुपैयाँसम्म सहयोग शुुल्क निर्धारण गरिएको समितिका सचिव विष्णुुराम आचार्य जानकारी दिनुुभयो ।

त्यस्तै मेला भर्न गएकाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल रेडक्रस सोसाइटी, गोरखा हस्पिटल, लायन्स क्लव नारायणपुुर र दाङ जिल्ला उवासंघको सहयोगमा स्वास्थ्य सेवाको व्यवस्था गरिएको र दुुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

यसैगरी विश्वकै सबैभन्दा ठूलो त्रिशुुललाई यही माघ २९ गते स्थापना गरिने भएको छ । अन्य भौतिक निर्माणका काम भइरहेको र २९ गते त्रिशुुललाई ठड्याइने समितिले जनाएको छ । समितिका अध्यक्ष गणेशकुुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुुराम आचार्यले गर्नुभएको थियो ।

त्रिशुुल स्थापनाका लागि सहयोग

यसैबीच पूर्वसभासद इन्द्रजीत चौधरी र सौडियारका गणेशप्रसाद विकले त्रिशुुल स्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको छ । पूर्व सभासद चौधरीले १० हजार १ सय १५ रुपैयाँ र विकले ५ हजार ६५ रुपैयाँ सहयोग गर्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *