इँटा व्यवसायीको अध्यक्षमा रोम

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 121 Views   ||

घोराही, माघ २८ । दाङ देउखुरी इँटा व्यवसायी संघको प्रथम साधारण सभाले पुनः रोम वलीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा पूर्ण अधिकारी, द्वितीय उपाध्यक्षमा बामदेव डाँगी, तृतीय उपाध्यक्षमा कमल केसी, सचिवमा सर्वजीत वली, सह–सचिवमा बसन्त कुवर र कोषाध्यक्षमा प्रेमनाथ योगी रहनुभएको छ । त्यस्तै समितिका सदस्यहरुमा ठाकुर महरा, प्रकाश पौडेल, दिपेन्द्रसिंह खत्री र किरणकुमार रेग्मी रहनुभएको छ ।

साधारणसभाले कमल केसी, मोहनलाल घर्ती, चन्द्रबहादुर सेढाइलाई सल्लाहकारमा चयन गरेको छ भने कमल अधिकारीको संयोजकत्वमा विश्वराज आचार्य, सुरेश बस्नेत सदस्य रहेको लेखा समिति गठन गरेको छ । यसैगरी किरणकुमार रेग्मीको संयोजकत्वमा सर्वजीत वली, प्रेमनाथ योगी र श्रीधर डाँगी सदस्य रहेको आर्थिक तथा प्रशासनिक निमावली मस्यौदा समिति गठन गरिएको छ ।

२०७१ माघ ५ गते औद्योगिक प्रबद्र्धन बोर्डद्वारा भुसे इँटाभट्टालाई अस्थायीरुपमा लाइसेन्स दिई २०७३ माघसम्म उत्पादन तथा विक्री वितरण गर्ने पाउने निर्णय गरिएकोमा साधारणसभाले त्यसको घोर भत्र्सना गर्दै तत्काल निर्णय सञ्चाउन माग गरेको छ ।

साधारणसभा संघका अध्यक्ष रोम वलीको अध्यक्षता तथा नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारको प्रमुख आतिथ्य एवं दाङका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो । इँटा व्यवसायी विश्वराज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव किरणकुमार रेग्मीले गर्नुभएको थियो । साधारणसभामा सचिव किरणकुमार रेग्मीले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमलप्रसाद अधिकारी आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *