घोराही नगरपालिकामा दुुई नयाँ प्रविधि

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 157 Views   ||

मेट्रिक प्रणालीबाट घर नम्बरिङ

matrik systm  (2)दाङ, माघ २८ । दाङको घोराही नगरपालिकामा एकैसाथ दुुईवटा नयाँ प्रविधि लागू हुन लागेका छन् । हालसम्म प्रयोग हुुँदै आएको नगरपालिकाको डिजिटल नक्सालाई परिवर्तन गरेर शहरी नक्सा (अर्वन म्याप) मा लगिदैछ भने घर नम्बरलाई आधुुनिक मेट्रिक प्रणालीमा राखिदैछ । यी दुुबै प्रविधि नयाँ र आधुुनिक भएको घोराही नगरपालिकाले जनाएको छ ।

नयाँ प्रविधिको विकाससँगै नगरपालिकालाई पनि प्रविधियुुक्त बनाउने उद्देश्यले यी दुुबै प्रविधिको काम घोराही नगरपालिकाको सहकार्यमा शहरी विकास तथा भवन निर्माण विभागले अघि बढाएको नगरपालिकाका सूचना अधिकारी प्रेम केसीले बताउनुुभयो । ‘विगत तीन÷चार महिनादेखि दुबै प्रविधिको काम भइरहेको छ’, उहाँले भन्नुुभयो, ‘यही मार्चसम्ममा काम सम्पन्न गर्ने लक्ष्यअनुुरुप काम चालुु छ ।’ उहाँका अनुुसार शहरी विकास तथा भवन निर्माण विभाग परियोजनाअन्तर्गत एक कन्सल्टेन्टको टोली काममा खटिएको छ ।

नगरपालिकाको नक्सालाई शहरी नक्सामा लैजाने कामअनुुसार हालसम्म वल्र्ड भ्यू अफ स्याटेलाइटबाट नगरपालिकाको फोटो लिने र त्यसलाई डिफ्रेन्सीएल जिपिएस गर्नेलगायतका काम पूरा भएको छ । अहिले स्याटेलाइटबाट खिचिएको नगरपालिकाको फोटोबाट यहाँको भौगोलिक अवस्था, विभिन्न क्षेत्र र यहाँको तथ्याङ्कीय काम शुुरु गरिएको परियोजनामा संलग्न प्राविधिकहरुले बताएका छन् ।

matrik systm  (3)शहरी नक्सा (अर्वन म्याप) निर्माण भएपछि घोराही नगरपालिका र यहाँको जुनसुुकै ठाउँ एवं घरहरु सबै जानकारी कम्प्युुुटरमा राखिएको उक्त नक्साबाट लिन सकिने छ । यो नक्सामा नगरपालिकाको प्रशासनिक क्षेत्र, आधार क्षेत्र, सडक सञ्जाल, कित्ता नापी नक्सा, धार्मिक पर्यटन क्षेत्रलगायत सबै सामग्रीहरु कम्प्युटर डाटावेसमा राखिने भएकाले आफ्नो जग्गाको क्षेत्रफल, घर र घरको परिवार संख्या, कच्ची÷पक्की सडक, धार्मिक पर्यटन क्षेत्रलगायतका सबै जानकारी लिन सकिने छ । जसका लागि अब छिटै स्थलगत सर्भे, यहाँको करीब १६ हजार घरधुरीमा रहेका प्रत्येक घर–घरको तथ्याङ्क लिने तयारी भइरहेको छ ।

यसैगरी अर्काे नयाँ प्रविधिअन्तर्गत नगरपालिकाका सबै घर नम्बरहरुलाई मेट्रिक प्रणालीमा राख्ने काम शुुरु भएको छ । नगरपालिकाको सक्रियतामा शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक टोलीले माघ २२ गतेदेखि घोराही नगरपालिकाभित्रका घर नम्बर मेट्रिक प्रणालीमा राख्ने काम शुुरु गरेको छ ।

घोराही–प्यूठान सडकबाट शुुरु भएको यो काममा अहिले ९ जनाको प्राविधिक टोली खटिएको छ । टोलीले ओडो मिटर (सडकको लम्बाइ नाप्ने यन्त्र) बाट दुुरी नापेर मेट्रिक प्रणालीको घर नम्बर संकलन तथा आवश्यक अन्य तथ्याङ्क संकलन गरिरहेको छ । ‘अहिले हामीले ओडो मिटरबाट घरको मुुलद्धारसम्मको नाप लिएर घरमा नम्बर लेख्ने काम र सँगसँगै कसको घर घरको किसिमलगायतका आवश्यक तथ्याङ्क संकलन गरेका छौं’, शहरी विकास तथा भवन निर्माण विभागबाट कन्सल्टेन्टका रुपमा खटिनुुभएका प्रमोदकुुमार ढोडरीले भन्नुुभयो, ‘काम निरन्तर अघि बढ्छ ।’

उहाँका अनुसार घोराही नगरपालिकाको सहरी नक्सा (अर्वन म्याप) मा राख्नका लागि घर नम्बर, कसको घर, घरको किसिम, रेसिडेन्टल कि व्यावसायिक लगायतका धेरै तथ्याङ्क संकलन गर्नुपर्ने भएकाले यो काम मात्रै पूरा गर्न दुुई महिनाभन्दा बढी लाग्ने छ ।

matrik systm  (1)घोराही नगरपालिकालाई आधुुनिक प्रविधिमा लैजाने कामअन्तर्गत शुुरु भएको मेट्रिक प्रणालीको घर नम्बरिङसँगै शहरी विकास तथा भवन निर्माण विभागको एक प्राविधिक टोलीले करीब एक साता अघिदेखि नगरपालिकामा रहेर नक्सामा मुुख्य सडकहरुको कोडिङ गर्ने काम पनि जारी राखेको सूचना अधिकारी केसीले बताउनुुभयो ।

मेट्रिक प्रणालीअनुुसार नगरपालिकाभित्रका मुुख्य सडकहरुलाई कोडिङ गरिनेछ र कोडिङपश्चात् ती सडकहरुको एउटा÷एउटा प्रवेशबिन्दुु र अन्तिमबिन्दुु लिइने छ । प्रवेशबिन्दुुबाट प्रत्येक घरको मुुल ढोका (द्धार) सम्मको दुुरी मिटरमा नापिनेछ र त्यही नाप नै त्यो घरको घर नम्बर रहने छ । कोडिङ गरिएको मुख्य सडकको दायाँतर्फका घरहरुको घर नम्बर जोड अंकमा रहुनेछ भने वायाँतर्फका घरहरुको घर नम्बर बिजोड अंकमा रहने छ ।

यी दुुबै प्रणाली आधुुनिक भएकाले यसलाई राम्रोसँग लागू गरी प्रयोगमा ल्याउन सकियो भने यहाँको सबै जानकारी दिन सजिलो हुुनुुका साथै नगरपालिका र अन्य सेवा प्रदायक कार्यालय संघ संस्थालाई नगरबासीहरुलाई छिटो र आवश्यक परेको समयमा तत्काल सेवा दिन सहज हुुने नगरपालिकाका कार्यकारी अधिकृत तुुफानसिंह केसीले बताउनुुभयो । यी दुुबै प्रविधिको काम गर्न शहरी विकास तथा भवन निर्माण विभागले करीब १९ लाख रुपैयाँ खर्च गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *