एम्बुलेन्स नामजस्तै सेवामुखी हुनुपर्ने

  
  प्रकाशित मितिः बुधबार, माघ २८, २०७१       | 142 Views   ||

ambulens– शरद रेग्मी

तुलसीपुर, माघ २८ । मानव सेवाको अभिन्न अंगको रुपमा मानिने एम्वुलेन्स सेवालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सबैले पहल गर्नुपर्ने आज तुलसीपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

रोटरी क्लव अफ तुलसीपुर सिटीले आज तुलसीपुरमा आयोजना गरेको एक दिने एम्बुलेन्स चालकहरुका लागि फस्ट एड प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

उनीहरुले आपत विपत र विभिन्न घटनामा तत्काल स्वास्थ्यको पहुँचसम्म पु¥याउन महत्वपूर्ण सामाजिक जिम्मेवारी बोकेका एम्बुलेन्सहरु अहिले सेवाभन्दा नाफामुखी बन्दै गएकोसमेत बताएका छन् ।

साथै कार्यक्रममा पछिल्लो अवस्थामा एम्बुलेन्सहरु दुर्गमका सर्वसाधारणहरुको पहुँचभन्दा टाढा मात्रै भएको गुनासोसमेत गरेका छन् ।

रोटरी क्लव अफ धुलिखेल, सेड्रा नेपालको सहयोगमा बुधबार न्यूजिल्याण्डका वेनम केनल, एक्टम्याकन्दा र नेपालकी बबिता थापाद्वारा तुलसीपुर क्षेत्रका दर्जन बढी एम्बुलेन्स चालकहरुका लागि प्रशिक्षण दिएको छ ।

उनीहरुले प्रशिक्षणका क्रममा बिरामीलाई कसरी छिटोभन्दा छिटो अस्पताल पु¥याउने, घाइतेलाई कसरी एम्बुलेन्समा राख्ने र घटनास्थलमा कसरी सुरक्षित हुँदै बिरामी अथवा घाइतेको सेवा गर्ने लगायतका बारेमा प्रशिक्षण दिएको थियो ।

रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष विजय केसीको अध्यक्षता एवं तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा तुलसीपुर नगरपालिका वित्तीय अधिकृत ललितबहादुर घर्ती, रोटरी क्लव अफ तुलसीपुर सिटीका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, राप्ती अंचल संयुक्त ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैंया, औषधि व्यवसायी संघ राप्तीका महासचिव राजेन्द्र श्रेष्ठ, रोटरीका पूर्वअध्यक्ष कुशल तर्ताल, रोट्रयाक्ट क्लवका अध्यक्ष विनिल केसी लगायतले एम्बुलेन्स सेवा विशुद्ध नामजस्तै सेवामुखी हुनुपर्ने बताएका थिए ।

कार्यक्रमको सहजीकरण महासचिव तुफानबाबु श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *