घरेलुुको उद्यमशील योजना : राज्यको ७५ प्रतिशत लगानी खेर

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 195 Views   ||

दाङ, फागुन ६ । घरेलुु तथा साना उद्योग दाङले विभिन्न व्यक्तिलाई उद्यामशील एवं सीपमुुलक तालिम दिन लागेको झण्डै तीन दशकभन्दा बढी भयो । अहिलेसम्म ५ हजार ६ सय ४३ जनालाई विभिन्न सीपहरु प्रदान गरिसकेको छ । तर यस्ता सीप लिएकाहरुमा मुुस्किलले २५ प्रतिशत मात्रै उद्यमी बनेको घरेलुु तथा साना उद्योग कार्यालय दाङले जनाएको छ ।

२०३९ सालमा स्थापना भएको घरेलुु तथा साना उद्योग कार्यालयले अहिलेसम्म महिला ३ हजार ६ सय ५९ र पुुरुष १ हजार ९ सय ८४ गरी ५ हजार ६ सय ४३ जनालाई विभिन्न उद्यमशीलतासम्बन्धी तालिम दिइसकेको प्रमुुख उद्योग अधिकृत हरिप्रसाद पाण्डेयले जानकारी दिनुुभयो । तर तालिम लिएका यी व्यक्तिहरुमा इच्छाशक्तिको कमीका कारण ७५ प्रतिशत व्यक्ति आफूले आर्जन गरेको सीपअनुुसार व्यवसाय नगरेको उहाँको गुनासो छ ।

‘हामीले हातमा सिपविना काम छैन भन्छौं’– उहाँले भन्नुुभयो–‘तर अहिले मान्छेहरुले सीपलाई टाइमपासको रुपमा लिने गरेका छन्, सीप सिकेको प्रमाणपत्र लिन्छन् अनि बाकसमा थन्क्याउँछन् ।’

उहाँका अनुुसार घरेलुु तथा साना उद्योग कार्यालयले अहिलेसम्म दिएका तालिमको तथ्याङ्क र तालिम लिएकाहरुको उपलब्धि खोज्दै जाँदा राज्यको ठूलो लगानी खेर गएको जस्तै भएको छ ।

‘हरेक वर्ष राज्यले घरेलुु कार्यालयमार्फत् उद्यमशीलता विकासका लागि लाखौं बजेट खर्च गर्छ तर तालिम लिदा उद्यमी बन्छौं भन्नेहरु सीप सिकेपछि हराएर जान्छन्’– पाण्डेयले भन्नुुभयो– ‘कार्यालयको तथ्याङ्क हेर्दा र उद्यमी खोज्दा राज्यको लगानी खेर गएको जस्तै छ ।’ सीप सिकेपछि लगानीको अभावमा भन्दा उनीहरुको इच्छाशक्तिको कमीका कारण सीप र राज्यको लगानी खेर गएको उहाँको भनाइ छ ।

चालुु आर्थिक वर्षमा पनि घरेलुु कार्यालयले एक सय जनालाई विभिन्न उद्यामशील तालिम दिदै छ । जिल्लाको औद्योगिक प्रर्वद्धन, सिप विकास, प्रविधि हस्तान्तरण, उद्योग तथा वाणिज्य प्रशासनलगायतका विभिन्न कार्यक्रमअन्तर्गत कार्यालयले २३ लाख १० हजार रुपैयाँ खर्च गर्दैछ । जसअन्तर्गत औद्योगिक प्रवद्र्धन तथा सीप विकाससम्बन्धी तालिममा १० लाख, तत्काल सीप विकासमा ८ लाख रुपैयाँ आएको प्रमुुख उद्योग अधिकृत पाण्डेयले जानकारी दिनुुभयो ।

तत्काल सीप विकास कार्यक्रमअन्र्तगत जिल्लाका पाँच निर्वाचन क्षेत्रमा २०/२० जना गरी एक सय जनालाई सीपमुुलक तालिम दिन लागिएको उहाँले बताउनुभयो । यो वर्षको कार्यक्रमअन्तर्गत पाँचवटै निर्वाचन क्षेत्रमा विभिन्न सीपमुलक तालिम सञ्चालन भइरहेका छन् ।

चालुु आवमा प्रविधि हस्तान्तरणमा तीन लाख, बजार विस्तार उद्यमीमा ६० हजार, अपाङ्ग तथा दलितलाई सीपमुुलक तालिममा एक लाख, योजना तर्जूमा गोष्ठीमा ५० हजार, कार्यालयको बुुकलेट निर्माणमा एक लाख, उद्योग तथा वाणिज्य प्रशासनमा एक लाख र अनुुगमन निरिक्षणमा एक लाख दश हजार रुपैयाँ विनियोजन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *