राज्य भएको अनुभूति भएन– हिंसापीडित

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 112 Views   ||

– जनक नेपाली

दाङ, फागुन ६ । दाङका हिंसापीडित महिलाहरुले आफुहरुलाई राज्य नभएको अनुभूति भएको बताएका छन् । घोराही–११ निवासी रविकुमारी गुरुङले आफ्नै जग्गामा घर बनाउँदा पनि अर्काकै डर,धम्की, दमनमा बस्नुपर्ने बाध्यता रहेको गुरुङको भनाई छ ।

२०५८ सालमा घोराही–११ तुलसीपुरचोक निबासी हरिबहादुर डाँगी र उनकी श्रीमतीले सोही ठाउँ निवासी रविकुमारी गुरुङको नाममा रहेको जग्गालाई आफ्नो भनि दाबी गरेपछि समस्यामा पर्दै आएको बताउनुभयो । पटक–पटक जग्गाको बिवाद हुँदा आफुलाई हरिबहादुर र उनकी श्रीमतीले कुटपिट गर्दै आएको बताउनुभयो ।

गुरुङको जग्गामा रहेको कुवा हडपेका हरिबहादुरले हुँदा–हुँदा बनाएको घरसमेत भत्काइदिएको गुनासो व्यक्त गर्नुभयो । लामो समयसम्म भत्केको घरमा गुजारा गर्दै आएकी गुरुङले श्रीमानको मृत्युपछि घर जग्गासमेत अतिक्रमण गरी आफुलाई त्यहाँबाट लखेटेको बताउनुभयो । श्रीमानको मृत्युपछि बेसहारा भएकी आफुलाई कसैले सहयोग नगरेको बताउनुभयो ।

घोराहीस्थित तुलसीपुरचोकमा कित्ता नं. ३ सय ३२ को जग्गा हरिबहादुरले अतिक्रमण गरेपछि जग्गा निकाल्न दाङदेउखरी जिल्ला अदालत हुँदै सर्वोेच्च अदालतसम्म पुगेको गुरुङले बताउनुभयो । घरपरिवार, छरछिमेक, विभिन्न संघसंस्थाको पहलमा मुद्धा लडेकी गुरुङले सर्वाेच्च अदालतबाट २०६८ पुस २२ गते आफ्नो पक्षमा मुद्धा पैmसला भए पनि जग्गाको भोगचलन गर्न नपाएको गुनासो पोख्नुभयो ।

बस्ने बास नभएर आफन्तकै घरमा बस्दै आएकी बृद्ध गुरुङ आर्थिक रुपमा कमजोर हुँदा दैनिक छाक बासको समस्या भएको बताउनुभयो । दैनिक अर्काको ज्याला मजदुरी गरेर ज्यान पाल्दै आएकी गुरुङ अहिले पनि बेसहारा जीवन बिताउदै आउनुभएको छ ।

छोरीले कहिलेकसो दुई चार पैसाको सहयोग गरे पनि अरु सबै कामका लागि मै बूढी जोतिनुपर्छ भन्नुभयो । मुद्दा आफ्नो पक्षमा फैसला भए पनि आफ्नो जमिनमा घरसमेत बनाउन अर्काको डर मान्नुपर्ने अबस्था आइलागेको बताउनुभयो । आफ्नै जग्गामा घर बनाउँ भन्दा पनि हरिबहादुर र उनकी श्रीमती मोनिका डाँगीले आफुलाई कुटपिट गरेको गुरुङको भनाई छ ।

गत फागुन १ गतेबाट घर बनाउन थालेकी गुरुङलाई घरको जग खन्न लाग्दा डाँगी दम्पतीले आफु र छोरीलाई समेत कुटपिट गरि घाइते बनाएको बताउनुयो । आफ्नै जग्गामा घर बनाउँदा पनि उल्टो प्रहरी प्रशासन ल्याएर आफूलाई धम्काउन लगाउनु कति सम्मको अन्याय हो गुरुङले भन्नुभयो ।

शुक्रबारदेखि गुरुङलाई पहरा दिएर घर बनाउने काममा पीडित गुरुङलाई सहयोग पु¥याएको सक्षम महिला सामुदायिक संस्थाकी अध्यक्ष रचना सुवेदीले बताउनुभयो । उहाँको मुद्धामा आफ्नो संस्थाले लामो समयदेखि सहयोग गरिरहेको बताउँदै घर बनिसक्दासम्म निरन्तर पहरा दिने बताउनुभयो । पीडितलाई न्याय दिनका लागि आफुहरु निरन्तर खटे पनि आफ्नो ज्यानको सुरक्षामा प्रहरी प्रशासन ले उदासिनता देखाएको सुबेदीको भनाई छ ।

गुरुङको समस्या लिएर प्रशासन र प्रहरीमा जाँदा उल्टै जिल्ला प्रहरी कार्यालयका एक जिम्मेवार व्यक्तिले आफूलाई उल्टै अर्काको घर भाँड्दै हिड्ने महिला भनेर आरोप लगाएको अध्यक्ष सुबेदीले बताउनुभयो । ‘हामीले अर्काको सुरक्षा गर्दा यहाँको प्रहरी, प्रशासन मूकदर्शक बनेको सुवेदीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *