रेज हिरो अफ भ्वाइस–३ गायन प्रतियोगिता शुरु हुने

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 109 Views   ||

hiro of voiceदाङ, फागुन ६ । गायन विधाको प्रतियोगिता रेज हिरो अफ भ्वाइस–३ यही फागुन ९ गतेदेखि प्रारम्भ हुने भएको छ । गत शनिबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको घोषणा गरिएको हो ।

उत्सर्ग फिल्मस् नेपालको आयोजना तथा रेज मोबाइलको मुख्य प्रायोजन र मोबाइल बजारको प्रायोजनमा प्रारम्भ हुने यस प्रतियोगितामा राप्ती अंचलका नवगायकहरुले भाग लिनेछन् ।

कार्यक्रम संयोजक के. एल. पीडितका अनुसार करीब डेढ महिनासम्म सञ्चालन हुने यस प्रतियोगिताकोे घोराहीमा फागुन ९ गते, लमहीमा फागुन १३ गते र तुलसीपुरमा फागुन १६ गते अडिसन लिइनेछ । प्रतियोगिता चार चरणसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार र एउटा गीत रेकर्डिङको अवसर दिइनेछ । त्यसैगरी दोस्रो हुनेलाई रेज स्मार्ट फोन, तृतीय र सान्त्वना हुनेलाई रेज स्क्रिन टच मोबाइल एवं पब्लिक च्वाइस अवार्ड विजेतालाई डिस होमको सेट उपलब्ध गराइनेछ । अन्तिम चरणको प्रतियोगितामा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको सहभागितामा विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिनेछ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माले विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको गायन प्रतियोगिताले राप्तीको कला संस्कृति एवं नवप्रतिभाहरुको विकासमा उल्लेखनीय योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा मुख्य प्रायोजक रेज मोबाइल एवं प्रायोज मोबाइल बजारका प्रमुख तथा विशिष्ट अतिथि निरञ्जन श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङ शाखाकी उपाध्यक्ष लक्ष्मी आचार्य, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुलोचना गौतम पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका पूर्वउपाध्यक्ष नरेन्द्र केसी, अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले गायन विधाको नव–प्रतिभाहरुको खोजी र पहिचानमा रेज हिरो अफ भ्वाइस ३ सार्थक प्रयास भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण चलचित्रकर्मी निर्देशक एवं कार्यक्रम सह–संयोजक विष्णुकुमार देवकोटाले गर्नुभएको थियो ।

यसैबीच राप्ती अञ्चलस्तरीय गायन प्रतियोगिता रेज हिरो अफ भ्वाइस ३ का सल्लाहरहरु चयन गरिएको छ ।

उत्सर्ग फिल्मस् नेपालको बैठकले दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष खड्गबहादुर बुढाथोकी, पत्रकार महासंघका पूर्व उपाध्यक्ष नरेन्द्र के.सी. पूर्व सचिव एवं सल्लाहकार सविन प्रियासन, नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतम पोख्रेल, संचारकर्मी केशरमान बि.सी. प्रकाश शाही, किरण शाह, विणा वि.सी. राजभक्त राना, देवकला बस्नेत र विष्णु चौधरीलाई सल्लाहकारमा चयन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *