कथाले मागेअनुसार सिन दिन तयार छु– कविता

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 298 Views   ||

kabita 11दाङ, फागुन ६ । नायिका कविता थापा कथाले मागेअनुसार अंग प्रदर्शन गर्ने बताउँछिन् । कलाकारितामा लाग्नेहरुले सामान्य विषयमा अल्झन नहुने उनको भनाई छ । भर्खरै नेपाली कला क्षेत्रमा प्रवेश गरेकी कविता मोडलिङ आफ्नो प्रमुख लक्ष्य भएको बताउँछिन् ।

‘अंग प्रदर्शनको नाममा छाडा हुनुहुँदैन तर, कथाले मागेअनुसारको दिन तयार हुनुपर्छ’ कविताले भनिन् ‘कलाकारिता जीवन हो, जीवनमा हुने हरेक पक्ष देखाउनको लागि अभिनय गरिन्छ, कथाले माग्यो भने म कत्ति पनि अंग प्रदर्शन गर्दैन भन्नुहुँदैन ।’

चलचित्र इच्छाबाट कला क्षेत्रमा औपचारिक यात्रा शुरु गरेकी कविता आगामी दिनमा आफ्नो कलायात्रालाई अझैं मजबुत बनाउन चाहन्छिन् ।

दाङ झिंगौराकी कविता थापा अहिले दाङ भ्यालीमा शिक्षा विषयमा कक्षा ११ मा पढ्दैछिन् । उनी पढाइ र कला यात्रालाई सँगसँगै अगाडि बढाउँदै छिन् ।

‘म सफल मोडेल र नायिका बन्न चाहन्छु’ उनले भनिन् ‘कलाकारिता मेरो बच्चा देखिकै रुचि हो ।’ कुशल कलाकार हुनको लागि शरीरको बनोट, क्षमता, अध्ययन र अभिनय कलाको संयोजन हुनुपर्ने उनको भनाई छ । नेपाली नायिकामध्ये उनलाई सबैभन्दा बढी नम्रता श्रेष्ठ मन पर्छ ।

‘म नम्रताबाट प्रभावित छु, उहाँमा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण छ’ कविताले भनिन् ‘म पनि कलाकारिताको माध्यमबाट समाजका लागि केही योगदान दिन चाहन्छु ।’ सानैदेखि विद्यालय तहमा नाचगान र अन्य सांस्कृतिक क्षेत्रमा भाग लिने कविता कलाका लागि निरन्तर साधना आवश्यक भएको बताउँछिन् ।

उनलाई आफ्नो क्षमता र प्रतिभामा पूर्ण विश्वास छ । ‘मलाई आफूप्रति पूर्ण विश्वास छ । मनमा आँट पनि छ । गरे के हुन्न र ?’ कविताले बताइन् ।

कला क्षेत्र कविताको सानैदेखिको रुची हो । हजुरआमाको विशेष प्रेरणाले उनलाई यतातिर लाग्न झन् उत्साहित बनायो । बुवा आमाले शुरुमा केही विरोध गरे पनि अहिले भने सकरात्मक भएको उनले बताईन ।

‘घरपरिवार र कलेजको सहयोग र प्रेरणाले उनलाई निकै उत्साहित बनाएको छ ।’ उनले भनिन् ‘मलाई घरपरिवार र कलेजको पूर्ण सहयोग छ । त्यसैले मेरो हौसला पनि बढेको छ । कला क्षेत्रमा केही गरेर देखाउँछु ।’

kabitaकला क्षेत्र धेरैलाई रहरको क्षेत्र हो । धेरैजसो रहरले तानिएर नै कला क्षेत्रमा आउने गर्छन् र केही समयपछि पानीको फोकाजस्तै बिलाएर जान्छन् । तर कविता यिनीहरुको पंक्तिमा पर्दैनन् । उनी कलालाई जीवन ठान्छिन्, सिर्जना ठान्छिन् र समाज र जगतलाई सकारात्मक मार्गनिर्देशन गर्ने कलाकार बन्न चाहन्छिन् ।

‘म कला क्षेत्रमै अघि बढ्न चाहन्छु । कला क्षेत्रबाट समाजमा केही योगदान दिने मेरो आकांक्षा छ ।’ कविताले दृढता व्यक्त गरिन् ।
उहिले बाजेको पालामा चलचित्रको डबिङ सकाएर कविता भर्खरै काठमाडौंबाट घर फर्केकी छिन् ।

एकनिष्ठरुपमा कला क्षेत्रमा समर्पित हुँदा र आफ्नो सिर्जनाले मूर्तरुप पाउँदा कवितालाई निकै खुशी र आनन्द अनूभूति हुन्छ । काममा निष्ठापूर्वक समर्पित हुने उनको स्वभाव छ । उनी जति सुन्दर छिन् उत्तिकै सिर्जनशील छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *