धारापानीमा भक्तजनको घुइँचो

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 313 Views   ||

darapani temple– केशरमान बिसी
तस्बीर : कुलदीप न्यौपाने

महाशिवरात्रीको दिन मंगलबार दाङको पाण्डवेश्वर धारापानी महादेव मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । मन्दिरमा पूजाआजा गर्ने हिन्दू धर्मावलम्बीहरुको बिहानैदेखि घुइँचो लागेको हो ।

महाशिवरात्री पर्वको अवसरमा दर्शनार्थीको बिहान ३ बजेदेखि भीड लागेको पान्डवेश्वर मन्दिर व्यवस्थापन समितिका सचिव बिष्णुराम आचार्यले बताउनुभयो । यसै बर्षदेखि बिश्वको सबैभन्दा ठूलो त्रिशुल स्थापित गरिएको मन्दिर परिसरमा यस वर्ष तीन दिन महोत्सव लागेको छ ।

पूजाआजाका लागि बिहानैदेखि भक्तजनहरु लाइनमा बसेका थिए । मन्दिरको दक्षिण ढोकाबाट भक्तजनहरुको प्रवेश गराइएको छ । मन्दिरमा विशेष पूजा गरेपछि बिहान ५ बजेदेखि दर्शनका लागि सबै ढोकाहरु खुल्ला गरिएको थियो । शिवरात्रीको दिनमा भव्य मेला लाग्ने यस मन्दिरमा दर्शनार्थीले आफैले पूजा एवम् दर्शन गरिरहेका छन् ।

दर्शनार्थीहरुलाई सहज एवम् छिटो दर्शन गर्ने व्यवस्था मिलाउन र सुरक्षा व्यवस्था व्यवस्थित गर्न करिब एक सयको संख्यामा सुरक्षाकर्मी र एक हजारको संख्यामा स्वयंसेवकको टोली परिचालन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

dharapani 2मन्दिरमा लाइन बसेको आधा घन्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था गरिएको व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले बताउनुभयो । मन्दिरमा पूजा गरिसकेपछि मन्दिरको पश्चिमी क्षेत्रमा भजन कीर्तन तथा नाचगान हेर्ने व्यवस्था मिलाइएको छ ।

गत वर्ष शिवरात्रीमा करिब २५ हजार दर्शनार्थीले मेला अवलोकन गरेकोमा यस वर्ष झण्डै लाखको हाराहारीमा दर्शनार्थीहरु दर्शन गर्न आएको व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।

यस वर्ष विश्वकै ठूलो त्रिशुल धारापानीमा स्थापना गरिएको हुँदा पनि दर्शनार्थीहरुको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको अधिकारीले बताउनुभयो ।

महाशिवरात्री पर्वका लागि दाङलगायत अन्य जिल्लाका साथै छिमेकी देश भारतबाट समेत साधुसन्तहरु धारापानी आएका छन् । बाहिरबाट आएका सबै साधुसन्तका लागि खाने बस्ने सुविधा मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

trisulयसैबीच शिवरात्री मेलालाई भव्य बनाउन सोमबार विभिन्न संस्कृति झल्किने झाँकी जुलुस तथा मोटरसाइकल ¥याली गरिएको थियो । विश्वकै ठूलो त्रिशुलको स्थापना गरिएपछि दिनहुँ दर्शनार्थीको भीड लाग्दै आएकोमा मन्दिर व्यवस्थापन समितिले फागुन ३ गतेदेखि धारापानीमा शिव महोत्सवको आयोजना गरेको हो ।

तीन दिनसम्म चल्ने महोत्सवलाई भव्य बनाउन सोमबार बबई कृषक समूह सौडियार–३ लखवारले लोकसंस्कृति झल्किने बाजासहितको नाच र पाँच पाण्डव कृषक समुह गुरुवागाउँले थारु संस्कृति झल्किने झाँकी जुलुस प्रर्दशन गरेको थियो ।

त्यस्तै ओमशान्ति ब्रह्मकुमारी इश्वरीय योग विश्वविद्यालयले महा शिवरात्री महोत्सवलाई सफल बनाउन घोराहीदेखि धारापानीसम्म मोटसाइकल ¥याली निकालेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *