गाउँ नै विद्युत र खानेपानीबाट वञ्चित

  
  प्रकाशित मितिः बिहिबार, फाल्गुन ७, २०७१       | 158 Views   ||

sukumbasi basti Dang (2)दाङ, फागुन ६ । दाङमा एकै गाउँका एक सयभन्दा बढी घरधुुरी विद्युत, खानेपानी र सिंचाइ सुुविधाबाट वञ्चित भएका छन् । दाङ लालमटिया गाविस वडा नंं ७ वराखुट्टीका एक सय १२ घरधुुरी मुुक्त कमैया र सुुकुुम्बासीहरु विद्युत, खानेपानी र सिंचाइजस्ता आधारभूत सेवा सुुविधाबाट वञ्चित रहेका हुुन् ।

अहिलेसम्म उक्त गाउँमा कुनै पनि खानेपानी आयोजनाले खानेपानी नदिदा त्यहाँका करीब चार सय जनाले एउटै अस्थायी रुपमा रहेको धाराबाट पानी खाने गरेका छन् । त्यस्तै सिंचाइ सुुविधा नहुुँदा आकाशे पानीको भरमा खेत गर्ने र विद्युत नहुुँदा मट्टितेलको टुुक्की बालेर आफ्नो गुुजारा गर्ने गरेका छन् ।

बस्तीबाटै गएको विद्युतको हाइटेन्सन लाइनलाई देखाउँदै बराखुुटिकी देवी रावतले भन्नुुभयो, ‘घरको माथिबाटै विद्युतका तार भएका छन् तर हामी टुुक्की बाल्नुुपरेको छ, हाम्रा समस्याहरुलाई कसैले पनि हेरेको छैन ।’

२०२७ सालदेखि आफूहरु सो बस्तीमा बस्दै आए पनि घर र जग्गाको लालपुुर्जा नहुुँदा विद्युत, खानेपानी र सिंचाइ जस्ता आधारभूत तर अतिआवश्यक सेवा सुुविधाबाट वञ्चित भएको उनीहरु बताउँछन् ।

बसेबापत राज्यलाई कर तिर्दै आए पनि राज्यका कुनै निकायले आफूहरुलाई न्यूूनतम आधारभूत सेवा सुुविधा पनि उपलब्ध नगरेको उनीहरुको गुनासो छ । ‘हामीले पनि तिरो तिरेकै छौं तर हामीलाई यहाँको नागरिक जस्तै मानिएको छैन’, देवीले भन्नुुभयो ।

sukumbasi basti Dang (1)जिल्लाका विभिन्न स्थानमा मुुक्त कमैया बस्ती र भूमिहीन सुुकुुम्बासीहरुका बस्तीहरु पनि छन् तर सबैभन्दा बढी घरधुुरी र जनसंख्या भएको बराखुुट्टी गाउँ नै एक हो । त्यहाँका मुक्त कमैया सुुकुुम्बासीहरुले राज्यलाई गाविसमार्फत कम तिर्नेले ५० रुपैयाँ र बढी तिर्नेले ५ सय रुपैयाँभन्दा बढी कर तिर्दै आएका छन् ।

राज्यलाई कर तिरेपछि आफूहरुलाई राज्यले न्यूनतम आधारभूत सुविधा उपलब्ध गराउनुुपर्ने जिल्ला भूमिअधिकार मञ्च दाङकी अध्यक्ष निर्मला विकको भनाइ छ ।

‘राज्यलाई कर तिर्दै जाने अनि राज्यले आफ्नो नागरिकको व्यवहार नगर्ने यो कहाँको कानुुन हो नियम हो ?’, उहाँले भन्नुुभयो, ‘उक्त बस्तीका लागि हामीले धेरै आवाज उठाइसकेका छौं हाम्रा आवाज सुुनिएका छैनन्, अब पनि नसुनिए आन्दोलन गर्छौं ।’

बस्ती अहिलेसम्म विद्युत, खानेपानी र सिंचाइबाट वञ्चित भए पनि उक्त क्षेत्रमा करीब १४ वर्षदेखि खानेपानी वितरण गर्दै आएको बृहत खानेपानी योजनाले खानेपानीको सुुविधा मिलाउने पहल गरिरहेको छ ।

‘सूचिकृत नभएका कारण उनीहरु अहिलेसम्म खानेपानीबाट वञ्चित भएका हुुन् तर अब पहल गरिदैछ यसका लागि एक्लो प्रयासले सम्भव हुँदैन सबैको पहल आवश्यक छ’, योजनाका अध्यक्ष कृष्ण गिरीले भन्नुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *