जलवायु अनुकूलनका लागि दाङमा आठ करोड लगानी

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       | 223 Views   ||

दाङ । दाङको जलवायुु अनुकूलनका लागि सवा चार करोड लगानी गरिदैछ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न आठ गाविसमा चालुु आर्थिक वर्षमा ४ करोड १४ लाख ६८ हजार बजेट खर्च गर्न लागिएको हो ।

हाल बाघमारे, गोल्टाकुुरी, हाँसिपुुर, बेला, राजपुुर, गंगापरस्पुुर, गोबरडिहा र ढिकपुुरमा ऊर्जा, वातावरण तथा जलवायु अनुकूलनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको नेपाल जलवायुु परिवर्तन सहयोग कार्यक्रमका दाङ जिल्ला संयोजक राम थापाले जानकारी दिनुुभयो । उहाँका अनुुसार अहिले आठवटै गाविसमा जिल्लाका विभिन्न विषयगत सरकारी कार्यालय र उभोक्ताहरुसँग सम्झौता गरेर नेपाल जलवायुु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत पर्ने विभिन्न क्षेत्र (कम्पोटेन्ट) मा काम भइरहेका छन् ।

प्रत्येक गाविसमा स्थानीय अनुकूलन कार्ययोजना (लापा) बनाएर कृषि, पशुु तथा खाद्या सुुरक्षा, बन व्यवस्थापन तथा जैविक विविधता, वैकल्पिक ऊर्जा, जलवायुु प्रकोप र भौतिक संरचना, मानवीय स्रोत क्षमता विकास तथा जिविकोपार्जन, मानव स्वस्थ्य र लापा अनुकूलन मूल्याङ्कनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । प्रत्येक गाविसमा करीब ५० लाख बराबरका कार्यक्रम सञ्चालन भएको थापाले बताउनुुभयो ।

यो कार्यक्रमबाट आठ गाविसका १६ हजारभन्दा बढी घरधुरीका झण्डै ८० हजार जनतालाई लाभान्वित गर्ने लक्ष्य राखिएको छ । गत आर्थिक वर्षमा पाँच गाविसका लागि दाङमा नेपाल जलवायुु परिवर्तन सहयोग कार्यक्रममा ३ करोड ३० लाख ४८ हजार आएको थियो । त्यस्तै आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि कार्यक्रम सञ्चालन भएको प्रत्येक गाविसमा झण्डै १ करोड बराबरको कार्यक्रम लैजाने गरी करीब ८ करोड बजेट प्रस्ताव गरिएको छ । माथिल्लो निकायबाट करीब ८ करोडको सिलिङ तोकेर आएकाले सो बजेटभित्र रहेर गाउँ परिषदबाट कार्ययोजना पास गरेर पठाइसकेको संयोजक थापाले बताउनुुभयो ।

नेपाल जलवायुु परिवर्तन सहयोग कार्यक्रम जलवायु परिवर्तनका कारण संकटापन अवस्थामा रहेका परिवारहरुको जिविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले नेपाल सरकार विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले बेलायत सरकारको अन्तराष्ट्रिय विकास विभाग (डिएफआइडी) र युुरोपेली युुनियन (इयु) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।

यो कार्यक्रम राप्तीका दाङ, रुकुम र रोल्पासहित नेपालका १४ जिल्लाका एक सय गाविसमा सञ्चालित छ । गत आर्थिक वर्षमा १४ जिल्लाका ७० गाविसमा सञ्चालन भएको उक्त कार्यक्रम चालु आर्थिक वर्षमा ३० गाविस थपेर एक सय गाविसमा सञ्चालित छ । यो कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई सौर्य ऊर्जा (सोलार) वितरण, धुवारहित सुधारिएको चुलो, विभिन्न सिंचाइ तथा सडक योजना, कृषिसम्बन्धी आयआर्जनका कामदेखि विभिन्न क्षमता विकासका कार्यक्रम गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *