राजमार्गमा साङ्ले जुलुस

  
  प्रकाशित मितिः बुधबार, फाल्गुन १३, २०७१       | 172 Views   ||

sanle julusदेउखुरी, फागुन १३ । संविधान निर्माणको प्रक्रिया रोकी सहमतिमा संविधान जारी गर्न माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले मंगलबार देउखुरीको पूर्वपश्चिम राजमार्गमा साङ्ले जुलुस प्रदर्शन गरेको छ ।

साङ्ले जुलुसमा पहिचान सहितका संघीयतावादीहरु एक हौं, उत्पीडत राष्ट्रियताहरुको पहिचान सुनिश्चित गर, अधिकारसम्पन्न स्वायत्त प्रदेश निर्माण गरलगायतका नाराबाजी गर्दै राजमार्गमा प्रदर्शन गरिएको हो ।

लमहीको मुख्य चोकबाट शुरु भएको विरोध ¥यालीले पूर्वमा सुनखोलीदेखि पश्चिममा बसपार्कसम्म परिक्रमा गरेको थियो । विरोध सभालाई सम्बोधन गर्दै एकीकृत नेकपा (माओवादी) पोलिटब्यूरो सदस्य तथा आन्दोलन परिचालन समिति दाङकी संयोजक रेखा शर्माले फाुगन १६ गतेसम्म सत्ताधारी दल कांग्रेस र एमाले आवाज नसुने सडकबाट समानान्तर सरकार चलाउने चेतावनी दिनुभयो ।

जनयुद्ध, जनआन्दोलन, विस्तृत शान्ति सम्झौतालगायतका आन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागत गर्न सहमतिमा संविधान जारी गर्नुपर्ने भन्दै उहाँले सहमति नभए दोस्रो चरणको आन्दोलन कडा हुने बताउनुभयो ।

विरोधसभालाई सम्बोधन गर्दै एमाओवादी केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ले सडकबाट गरिएको खबरदारीले मात्रै सत्ताधारीहरुको कान खोलिने भन्दै आफूहरुलाई अझै कमजोर ठानिए त्यसको परिणाम निकै महंगो हुने बताउनुभयो । सभाको सहजीकरण एमाओवादी जिल्ला उपाध्यक्ष निर्मल आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *