दाङ, पुस ८ । महिलाअधिकारको क्षेत्रमा काम गर्दै आएको ओरेक नेपाल दिगो विकासका लागि पर्यावरणीय गाउँ (इकोभिलेज) निर्माणमा सक्रिय भएको छ । दाङका विभिन्न तीन स्थानमा विगत दश वर्षदेखि दिगो प्राकृतिक स्रोत व्यवस्थापन तथा जिविकोपार्जन कार्यक्रमअन्तर्गत कृषि कार्यक्रम सञ्चालन गर्दै इकोभिलेजमा सक्रिय भएको हो ।
ओरेक नेपाल दाङले तुलसीपुर नगरपालिकाको उरहरी, तुलसीपुर–१९ साविक टरिगाउँ गाविस वडा नं. ४ पड्ढा र हेकुलीको चखौरामा विभिन्न कृषक समूह र नमूना फर्महरु गठन गरेर दिगो जिविकोपार्जनका लागि कृषि कार्यक्रम सञ्चालन गरेको छ ।
महिलाको खाद्य संप्रभुता र भूमिमाथि महिलाको अधिकार रणनैतिक मुद्दाअनुसार इकोभिलेज निर्माण गर्ने उद्देश्यका साथ जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आएको ओरेक दाङका कार्यक्रम संयोजक लक्ष्मी अर्यालले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन भएका विभिन्न ठाउँहरुमा अर्गानिक खेतीसम्बन्धी सचेतनामूलक कार्यक्रम, च्याउ खेती सम्बन्धी तालिम, इकोभिलेज व्यवस्थापन सम्बन्धी विभिन्न बैठक एवं अन्तत्र्रिmया, रासायनिक मलले महिला स्वास्थ्यमा पार्ने असर विषयक सचेनता, जैविक विषादी सम्बन्धी स्कुल शिक्षा, भेटनरी स्वास्थ्य क्लिनिकलगायतका विभिन्न कार्यक्रम सम्पन्न गरिएको अर्यालले बताउनुभयो ।
कार्यक्रम सञ्चालन भए पनि त्यहाँका कृषकहरुले अर्गानिक तरकारीलगायतका अन्य बाली उत्पादन गर्दै आएको र सो बाट राम्रो आम्दानी पनि गर्दै आएको संयोजक अर्यालले बताउनुभयो । उहाँले सन् २०१६ को ६ महिनामा ओरेकले ती पर्यावरणीय नमूना गाउँको अनुगमन गर्ने बताउनुभयो ।