वर्षेनी चिसिदैछ दाङ

  
  प्रकाशित मितिः बुधबार, पुस १५, २०७२       | 205 Views   ||

cold-620x400– जनक नेपाली

दाङ, पुस १५ । वायुमण्डलमा आएको परिवर्तनसँगै बर्षेनी दाङ चिसिदै जान थालेको छ । वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बृद्धि हुँदा जिल्लाको हावापानीमा परिर्वतन आएको जल तथा मौसम बिज्ञान विभाग फिल्ड कार्यालय घोराही दाङले जनाएको छ ।

त्यसले गर्दा गर्मीयाममा गर्मी बढ्ने र जाडो मौसममा ज्यादै चिसो हुने गरेको फिल्ड कार्यालय दाङका प्रमुख राजकुमार मिश्रले जानकारी दिनुभयो । ढुङ्गा गिट्टीको उत्खनन, बढ्दो जनसंख्या बृद्धि, यातायातका साधनको बढ्दो चाप, वातावरण प्रदुषणका कारण दाङको जमिन पछिल्लो समय चिसिदै गएको मिश्रको भनाई छ ।

जाडो मौसम सुरु भएदेखि नै दाङको न्युनतम तापक्रम घट्दै गएको मिश्रले उल्लेख गर्नुभयो । जाडो मौसम सुरु भएसंगै जिल्लामा घाम ढिलो लाग्ने, जमिन ढिलो तात्ने भएका कारण चिसो बढ्न थालेको उहाँले बताउनुभयो ।

तापक्रममा उच्च बृद्धि भएमात्र मौसममा परिर्वनत हुने भन्दै हाल जिल्लाको न्युनतम तापक्रम घट्दो क्रममा रहेकोले समय–समयमा तुसारो लाग्ने, शीतलहर चल्ने र चिसो हावा चल्ले गरेको मिश्र बताउनुहुन्छ । मंगलबार दाङको न्युनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम २३.२ डिग्री सेल्सियस रहेको जल तथा मौसम बिज्ञान विभाग फिल्ड कार्यालय घोराही दाङले जानकारी दिएको छ ।

आकाशमा उच्च तहको मौसम देखा परेकोले केही दिनमै दाङको मौसममा परिवर्तन हुन सक्ने कार्यालय प्रमुख मिश्रले बताउनुभयो । आकाशमा सेता लामा–लामा धर्सा आकारको बादल देखा परे मौसम सामान्य हुने, सेतो माछाको कत्ला–कत्ला जस्तो बादल आकाशमा देखा परे तापक्रम बढेर चिसो हुने, गर्मी बढ्ने र आकाशमा कालो बादल देखा परे पानी पर्ने सम्भावना हुने उहाँको भनाई छ । हाल पृथ्वीमा कार्बनडाइअक्साइड ग्यासको मात्रा अत्यधिक बढेका कारण छिनछिनमा मौसम परिर्वतन हुँदा चिसो बढ्ने क्रम बढेको उहाँले बताउनुभयो ।

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का प्राज्ञ प्रा.डा. दिनेश भुजुका अनुसार बर्षेनी पृथ्वी तातिदै गएको छ । पृथ्वीमा बस्ने सात अर्ब मान्छेले गर्ने फोहरमा कारण वायुमण्डलमा प्रदुषण बढेको उहाँको भनाई छ । सन् १९०१ देखि २०१२ सम्म पृथ्वीको तापक्रम ०.८९ प्रतिशतका दरले बढेको बताउनुभयो । यस्तै १९७१ देखि २००९ सम्म ०.६२ प्रतिशतका कारण हिमश्रृङ्खलाहरु पग्लने क्रम बढेको बताउनुभयो । नेपालमा भने बर्षेनी औषत तापक्रम ०.०६ प्रतिशतका दरले बढ्दै गएको भुजुको भनाई छ । जसमध्ये तराईमा ०.०४, पहाडमा ०.०८, भित्री मधेसमा ०.०६ प्रतिशतले बढेको उहाँले जानकारी दिनुभयो ।

जलवायु परिर्वतनका कारण अबको दश अर्ब वर्षपछि हामी बसेको ठाउँमा हिम नदी बग्ने बताउँदै भुजुले अबको ६ अर्ब वर्षपछि पृथ्वीमा भोकमरी, बाढी पहिरो आदिका कारण लाखौं नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन लागेको बताउनुभयो । पछिल्लो समय मौसम परिवर्तनको असर गरिब किसान, महिला, केटाकेटी, आदिवासी जनजाति, सिमान्तकृत समुदाय र नदीका किनारमा बस्ने नागरिकहरुले सबैभन्दा बढी खेप्दै आएको भुजुको भनाई छ ।

प्राकृतिक कारणले हुने मौसम परिर्वतन रोक्न नसकिने भन्दै उहाँले मान्छेको हरेक क्रियाकलापबाट हुने मौसम र जलवायु परिर्वतन भने रोक्नुपर्ने बताउनुभयो । हाम्रा हरेक क्रियाकलापका कारण वातावरण प्रदुषण हुने भएका कारण एक्कासी चिसो बढ्ने थालेको उल्लेख गर्नुभयो । पृथ्वीको संरक्षण गर्नु सबै नागरिकको कर्तव्य हुने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *