दाङका गाउँ र नगरमा माओवादी केन्द्रको उम्मेदवारी घोषणा

  
  प्रकाशित मितिः शनिबार, बैशाख ९, २०७४       | 155 Views   ||

raptiराप्ती गाउँपालिकामा श्यामेश

देउखुरी, ९ बैशाख । देउखुरीको राप्ती गाउँपालिकालार्ई हरेक कोणबाट समृद्ध र समुन्नत बनाउन सक्ने भन्दै नेकपा माओवादी केन्द्रको तर्फबाट श्यामेश चौधरीले गाउँपालिकाको अध्यक्षमा आफु सशक्त उम्मेदवारको भूमिका निभाउन सक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शनिबार सिसहनियाँमा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका समितिले आयोजना गरेको प्रतिवद्धता तथा उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै चौधरीले समृद्ध गाउँपालिका बनाउन आफु अध्यक्ष पदका लागि निर्वाचनको मैदानमा होमिएको बताएका हुन् ।

कार्यक्रममा प्रतिवद्धता व्यक्त गर्दै उनले बेरोजगार युवालाई रोजगारीको ग्यारेन्टी आफ्नो पहिलो एजेण्डा रहेको र अन्य एजेण्डामा स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पर्यटन, सिंचाइ, खानेपानी तथा सडक सञ्जाल सबैको बिकास गर्ने रणनीतिक योजनाको खाका बनाएको उनले बताए ।
उनले देउखुरीको खहरे खोलाहरुलाई नियन्त्रण गर्ने, भूमिहीनका लागि नमूना वस्तीको बिकास गर्ने, वन वातावरण र जैविक विविधताको संरक्षण एवं सदुपयोग गर्ने योजना बनाएको बताए ।

कार्यक्रममा माओवादी केन्द्रले राप्ती गाउँपालिकाको अध्यक्षमा श्यामेश चौधरी र उपाध्यक्षमा भगवता शर्माको उम्मेदवारी घोषणा गरेको छ । त्यस्तै, वडा नं. १ को अध्यक्षमा कृष्णप्रसाद सुवेदी, वडा नं. २ को अध्यक्षमा जगतबहादुर थापा, वडा नं. ३ को अध्यक्षमा चन्दर चौधरी, वडा नं. ४ को अध्यक्षमा उमेश चौधरी, वडा नं. ५ को अध्यक्षमा चित्रबहादुर थापा, वडा नं. ६ को अध्यक्षमा दिपक चौधरी, वडा नं. ७ को अध्यक्षमा रोहन चौधरी, वडा नं. ८ को अध्यक्षमा नारायणि पोख्रेल र वडा नं. ९ को अध्यक्षमा रिमबहादुर सुनारीमगरको उम्मेदवारी घोषणा गरेको छ ।

केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षता एवं नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’को प्रमुख आतिथ्यतामा भएको सभालाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजेन्द्र पुजाली, प्रमिता चौधरी, दलित मुक्तिमोर्चाका राप्ती गाउँपालिका अध्यक्ष ठगेन्द्र परियारलगायतले सम्बोधन गरेका थिए । केन्द्रका राप्ती गाउँपालिका उपाध्यक्ष अर्जुन अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश चौधरीले गरेका थिए ।

Lumakantगढवामा लुमाकान्त न्यौपाने

यसैबीच माओवादी केन्द्रले गढवा गाउँपालिका अध्यक्षमा लुमाकान्त न्यौपाने ‘सागर’लाई अघि सारेको छ । गाउँपालिका अध्यक्ष भक्तु चौधरीको अध्यक्षता एवम् पार्टीका पोलिट व्यूरो सदस्य दामा शर्माको प्रमुख आतिथ्यमा गढवामा सम्पन्न कार्यक्रममा उम्मेदवार तथा प्रतिबद्धता पत्र घोषणा गरिएको हो ।

सो अवसरमा माओवादी केन्द्रले वडा नं. १ को वडा अध्यक्षमा पुरनदास यादव, वडानं २ मा भक्तु चौधरी, वडा नं. ३ मा तुल्सीराम चौधरी, वडा नं. ४ मा कैलाश चौधरी, वडा नं. ५ मा प्रकाश भण्डारी, वडा नं. ६ मा बिरवहादुर आले, वडा नं. ७ मा ज्ञानबहादुर परियार र वडा नं. ८ साविकको कोइलावासमा सद्दाम सिद्दीकीलाई अध्यक्षको उम्मेदवार तोकेको छ ।

सो अवसरमा बिभिन्न पार्टी परित्याग गरी ८८ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि शर्मा र पार्टीका केन्द्रिय सदस्य सर्वजीत घर्ती ‘साइरन’ले स्वागत गर्नुभएको थियो । पार्टीका गढवा गाउँपालिका सहसचिव देवराज यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव बिरवहादुर आलेले गर्नुभएको थियो ।

bangalachuliबंगलाचुलीमा भक्त वली

नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाले प्रतिबद्धता पत्र तथा उम्मेद्वारी घोषणा सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्षका उम्मेदवार भक्तबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवम् व्यवस्थापिका संसद सदस्य रेखा शर्माले प्रतिबद्धता पत्र एवं उम्मेदवारहरुको घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेता शर्माले पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै यो उपलब्धिलाई जोगाइराख्न माओवादीले जित्नुपर्नेमा जोड दिनुभयो । माओवादी आन्दोलनले सिंहदरबारको शासन सत्ता जनताकै घर आँगनमा पु¥याएको र अब यसलाई संस्थागत गर्नु अहिलेको पहिलो प्राथमिकता रहेको उहाँको भनाई थियो ।

bangalachuli 1सो अवसरमा नेपाली काङ्ग्रेस, एमाले र राप्रपा परित्याग गरि १४ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसमा एमालेका पारस खत्री, मुक्तिराम गाहा, मानबहादुर गाहा, जगत नेपाली, प्रेम नेपाली, काङ्ग्रेसबाट कमल वली, हस्ती वली, डेमलाल विक, शक्ति लम्साललगायत रहेका छन् ।

यसैबीच दंगीशरण गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य जगप्रसाद शर्मा ‘अपार’ले प्रतिबद्धता पत्र तथा उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको अध्यक्षमा हिरालाल चौधरी ‘बज्र’को उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तै, बबई गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का पोलिटव्यूरो सदस्य निर्मल आचार्यले प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्षमा सुशील खड्का क्षेत्री र उपाध्यक्षमा उर्मिला वलीलाई उम्मेदवार घोषणा गरिएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी प्रतिस्प्रधाको लागि सुशिल खड्का क्षेत्रीलाई अध्यक्षको उमेद्वार तोकेको छ भने युद्वकालमा माओवादी जनसरकार प्रमुख रहनु भएकी उर्मिला वलीलाई उप प्रमुखमा उमेद्वार घोषणा गरेको छ ।

आज हापुरेमा उमेद्वार घोषणा गरेर आफ्नो पार्टि चुनावमा प्रतिस्प्रधाको लागि तयार रहेको सन्देश दिएको छ । त्यसैगरि १ नंवर वडा अध्यक्षमा चन्द्र बहादुर राङ्, २ नंवर वडा अध्यक्षमा एकलाल घर्ति, ३ नंवर वडा अध्यक्षमा डम्मर खत्री, ४ नंवर वडा अध्यक्षमा पे्रम जिसी, ५ नंवर वडा अध्यक्षमा रमेश सुनार , ६ नंवर वडा अध्यक्षमा रमेश चौधरी र ७ नंवर वडा अध्यक्षमा मोहलाल चन्दको उमेद्वारी घोषण गरेको हो ।

shantinagarत्यसैगरी शान्तिनगर गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा –माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य कुबेर ओलीले प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्षमा नेवबहादुर रोका र उपाध्यक्षमा राधिका परियारलाई उम्मेदवार घोषणा गरिएको हो ।

त्यसैगरी लमही नगरपालिकामा आयोजित कार्यक्रममा नेकपा –माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य इन्द्रजीत थारुले प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा नगरपालिका प्रमुखमा द्रौपदा पौडेल र उपाध्यक्षमा कालुराम चौधरीलाई उम्मेदवार घोषणा गरिएको हो ।

त्यसैगरी राजपुर गाउँपालिकामा आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति सदस्य लीला शर्माले प्रतिबद्धता पत्र र उम्मेदवार घोषणा गर्नुभएको छ । कार्यक्रममा गाउँपालिकामा रहेका सबै वडाका अध्यक्षहरुको उम्मेदवारी घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी भने गरिएको छैन ।

lamahi

rajpur

rajpur 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *