माओवादी उम्मेदवारद्वय गौतम र चौधरीले डा.गोविन्द केसीलाई भेटे

  
  प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४       | 163 Views   ||

govind kc 2पाण्डव शर्मा

घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा कार्यान्वयन गर्नुपर्ने माग गर्दै अनसनका लागि दाङ आउनुभएका डा. गोविन्द केसीलाई घोराही उपमहानगरपालिका मेयर पदका उम्मेदवार जीवन गौतम र उपमेयरका उम्मेदवार सिता चौधरीले भेट गर्नुभएको छ ।

उहाँहरुले डा. केसीको माग जायज भएकाले तत्काल कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गर्नुभयो । माओवादी केन्द्र दाङका इञ्चार्जसमेत रहनुभएका मेयर पदका उम्मेदवार गौतमले स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आफूहरुले विगतदेखि निरन्तर पहल गरिरहेको बताउनुभयो । ‘हामीले जुन कुराको माग गरिरहेका थियौं, अहिले डा. केसी त्यही विषयमा अनसन बस्दै हुनुहुन्छ, यसमा हाम्रो पूर्ण समर्थन छ,’ उहाँले भन्नुभयो, ‘केसीको मागले समग्र स्वास्थ्य क्षेत्र र दाङलाई फाइदा गर्छ ।’

govinda kc 1उपमेयरका उम्मेदवार सिता चौधरी ‘प्रतिज्ञा’ स्वास्थ्य क्षेत्रका माफियाहरुले नेपालका स्वास्थ्य क्षेत्रमा निकै असर पु¥याएको बताउनुभयो । उहाँले डा. केसीको अनसनमा सबै दाङवासीले समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

‘माओवादी सरकारमा रहेको वेला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा भएको हो,’ चौधरीले भन्नुभयो, ‘अहिले केही शक्ति केन्द्रहरुले वुटवलाई राजधानी बनाउने उद्देश्यका साथ स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामलाई अलमलाउने काम गरिरहेका छन् ।’ दाङलाई राजधानी नबनाउने चलखेलमा लागेका पार्टी तथा उम्मेदवारलाई आम जनताले स्थानीय तहको निर्वाचनमा राम्रोसँग देखाइदिने चौधरीको भनाई छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *