गढवा गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ । अध्यक्षमा सद्धाम सिद्दीकीले १०७ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै महिला सदस्यमा मनमाया गुरुङ, दलित महिला सदस्यमा विमला विक र सदस्यहरुमा चन्द्रबहादुर विक र नारायणसिं थापा विजयी भएका छन् । उक्त वडा साविक कोइलाबास गाविसमा पर्दछ । त्यहाँको कुल मतदाता ४९८ रहेकोमा ३४७ मत खसेको थियो ।
राप्ती गाउँपालिका वडा नं. ९ अध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर २०१ मतसहित पूरै प्यानल विजयी भएको छ । महिला सदस्यमा कुवाँरी देवी कार्की, दलित महिला सदस्य देउकला कामी र सदस्यहरुमा अलि महम्मद मियाँ, दधि बराल विजयी भएका हुन् । यस वडामा कुल मतदाता ५८३ रहेकोमा ४५७ मत खसेको थियो ।