दाङमा कांग्रेस र एमालेले पनि खाता खोले

  
  प्रकाशित मितिः बिहिबार, असार १५, २०७४       | 363 Views   ||

दंगीशरण–१ मा एमाले विजयी, बंगलाचुली–१ मा कांग्रेस

दाङ, १५ असार । दंगीशरण गाउँपालिका वडा नं. १ मा एमालेका श्रीप्रसाद चौधरीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका युवराज खड्कालाई १ सय १९ मत अन्तरले पराजित गरी चौधरी विजयी भएका हुन् । विजयी चौधरीले ३ स ९७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक र सदस्यहरुमा उमेश चौधरी र जानकी चौधरी विजयी भएका छन् ।

कुल मतदाता १ हजार ५ सय ९५ रहेको यस वडामा १ हजार १ सय ३० मत खसेको थियो ।

यसैबीच बंगलाचुली गाउँपालिका वडा नं. १ मा कांग्रेसका पदम केसीको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका सन्तराम भण्डारीलाई एक सय मत अन्तरले पराजित गरी केसी विजयी भएका हुन् । विजयी केसीले ३ सय ५४ मत प्राप्त गरेका छन् भने भण्डारीले २ सय ५४ मत प्राप्त गरेका छन् ।

त्यस्तै महिला सदस्यमा देवा पौडेल, दलित महिला सदस्यमा राधिका नेपाली र सदस्यहरुमा चन्द्रकुमार घर्ती र माधिका कँवर विजयी भएका छन् ।

कुल मतदाता १ हजार ३ सय ६९ रहेको यस वडामा ९ सय ४३ मत खसेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *