दाङ, १५ असार । राजपुर गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको प्यानल नै विजयी भएको छ । विजयी शर्माले ५ सय ३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार र सदस्यहरुमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका छन् ।
कुल मतदाता २ हजार ६४ रहेको यस वडामा १ हजार ५ सय ९५ मत खसेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।