थबाङ–५ मा माओवादी प्यानल विजयी, गाउँपालिकामा अग्रता कायमै

  
  प्रकाशित मितिः बिहिबार, असार १५, २०७४       | 630 Views   ||

थवाङ वडा नं. ५ (साविक उवा गाविस) मा माओवादी केन्द्रका गोवद्र्धन घर्ती पूरै प्यानल विजयी भएको छ । निकटतम प्रतिद्वन्दी कांग्रेसका रमेश रोकालाई १ सय २६ को फराकिलो अन्तरमा पराजित गर्दै घर्ती विजयी भएका हुन् । उनले २ सय ८७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी स्वतन्त्रबाट उम्मेदवारी दिएका नेकपाका कार्यकर्ता दुगमन रोकाले १ सय ६ मतमा चित्त बुझाउनुपरेको थबाङबाट पत्रकार मौसम रोकाले जानकारी दिनुभयो ।

त्यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ ।

अध्यक्ष वीरबहादुर घर्तीले २ सय ८५ मत, उपाध्यक्ष रामकिरणी रोकाले २ सय ८३ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस–एमाले र स्वतन्त्रका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका नेकपाका कार्यकर्ता अमित घर्तीको १ सय ३३ मत रहेको भने गठबन्धनको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएका श्रीकुमारी बुढाको २ सय १० मत रहेको रोकाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *