उपक्षेत्रीय अस्पतालमा ५० शैयाको भवन शिलान्यास

  
  प्रकाशित मितिः बिहिबार, साउन ५, २०७४       | 318 Views   ||

जनउभार समाचारदाता

दाङ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शनिबार राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको ५० शैयाको नयाँ भवनको शिल्यान्यास गरेका छन् । अघिल्लो सरकारमा आफू अर्थमन्त्री हुँदा महराले उक्त अस्पतालका लागि २५ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका हुन् ।

त्यस्तै अस्पतालमा सञ्चालन भएको होमोडाइलोसिस सेवाको स्वास्थ्य सचिव किरण रेग्मीले उद्घाटन गरेका थिए ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महराले राप्ती उपक्षेत्रीय अस्पताल दाङ जिल्लाको मात्रै नभएर राप्तीका सबै जिल्लाको ठूलो अस्पताल भएकाले यसको बृद्धि विकास गर्न आवश्यक भएको बताए । मन्त्री महराले यसको स्तरोन्नतिका लागि सरकार सकारात्मक भएको समेत जानकारी दिए ।

कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. जनार्दन पन्थीले अस्पताललाई ७ वर्षदेखि १० वर्षको समयमा ५ सय शैयाको बनाउने लक्ष्यसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद राजु खनाल, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलगायतले अस्पतालको विकासको बारेमा आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *