लोककुमारी स्मृति पत्रकारिता पुरस्कार वितरण (फोटो फिचर)

  
  प्रकाशित मितिः मङ्लबार, साउन २४, २०७४       | 331 Views   ||

दाङ, साउन २४ । लोककुमारी रिजालको प्रथम स्मृति दिवसको अवसरमा आज ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार’ वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापित लोककुमारी स्मृति पत्रकारिता पुरस्कार महासंघका प्रदेश सभासद् तथा बुटवल टुडेका दाङ समाचारदाता सन्तोष अधिकारीलाई र प्रेस सेन्टर दाङ शाखामा स्थापित लोककुमारी स्मृति पत्रकारिता प्रतिभा पुरस्कार रेडियो हाम्रो पहुँचमा कार्यरत पत्रकार तुल्सीराम वलीलाई प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, पुरस्कार संस्थापकहरु लोककुमारी रिजालका छोराद्वय हरिप्रसाद रिजाल र अजयदीप शर्मा तथा नातिनी राधा रिजाल, महासंघ दाङका अध्यक्ष सविन प्रियासन, प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्ललगायतले पुरस्कृत प्रतिभाहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

दुवै पुरस्कारको राशी रु. ५/५ हजार र सम्मान पत्र रहेको छ ।

दुवै पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्मा, महासंघका शुभेच्छुकहरु हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल र राधा रिजालले आफ्नी आमा/हजुरआमाको स्मृतिमा महासंघ र प्रेस सेन्टर दाङ शाखामा अलग–अलग अक्षयकोष खडा गरी ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार’को रुपमा स्थापना गर्नुभएको थियो ।

हालको घोराही उपमहानगरपालिका वडा नं. १० (साविक नारायणपुर–१) निबासी लोककुमारी रिजालको गत वर्ष साउन २४ गतेका दिन निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *