युद्धको समय थियो, फ्रान्सका सम्राट नेपोलियन पालमा मस्त सुतिरहेका थिए । यो आधा रातको समय थियो । तब अचानक अंगरक्षकले उठाउँदै भने, ‘महाराज, सेनापति तपाईसँग अहिल्यै भेट गर्न चाहन्छन् ।’
नेपोलियनले कोल्टे फेर्दै भने, ‘सोध के कुरा हो ।’
‘दक्षिणतिरबाट शत्रुको सेनाले हमला गरे । सेनापति अब के गर्ने भन्ने थाहा पाउन चाहन्छन् ।’
नेपोलियन यो ठूलो खबर सुनेर अलिकति पनि विचलित भएनन् । उनले सेनापतिलाई नबोलाइ अंगरक्षकलाई भने, ‘कुनाको बक्सामा चौतिस नम्बरको एउटा नक्सा राखिएको छ । त्यो सेनापतिलाई देऊ र भन्नू उनी बिहान आएर मलाई युद्धको समाचार दिऊन् ।
त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरे भने जवाफी कारवाही कसरी गर्ने भन्ने देखाइएको थियो । त्यहीअनुसारको युद्ध भयो र नेपोलियनको सेना विजयी भए ।
भोलिपल्ट सेनापतिले जीतको सूचना दिदै सोधे, ‘यति छिट्टै कसरी योजना बनाउनु भयो ? के कुनै देवताले तपाईको मद्दत गर्छन् ?’
नेपोलियनले जवाफ दिए– ‘हो, विचार र दुरदर्शीता नामक दुई देवता सधैं मेरो साथ रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रति मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए ।’
‘भविष्यप्रति हाम्रो दृष्टि जति स्पष्ट, जति व्यापक र जति गहिरो हुन्छ त्यति नै हामी जीवनमा सफल हुन सक्नेछौ ।