महान बन्ने सूत्र

  
  प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४       | 309 Views   ||

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एकपटक एक जना केटोले सोध्यो, ‘सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा गर्छन् । तपाईलाई महान् भन्छन् । भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो ?’

‘लगन, आइन्स्टाइनले मुस्कुराउँदै भने, ‘यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिए तब गणितदेखि डराउँथे, जस्तो आज तिमी डराउछौ । म धेरैजसो गणितमा फेल हुन्थे । मैले सजाय पाउँथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थे । एकदिन मैले सोचें आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणितदेखि डराउने गर्छु ? बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानको लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भए । साथीहरूले खिल्ली उडाउन छोडेनन् तैपनि ममा लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । र यही लगनले मलाई आज यहाँसम्म पु¥यायो । लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।’

लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *