सकारात्मक सोंचको शक्ति

  
  प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४       | 205 Views   ||

थोमस एल्बा एडीसन प्राइमरी स्कुलको विद्यार्थी हुँदाको कुरा हो । उनी एकदिन आफ्नो घर आए र आमालाई एउटा कागजको चिर्कटो दिए र भने, ‘मेरो टिचरले यो कागज दिनुभएको छ र भन्नुभएको छ कि आफ्नो आमालाई दिनू ।’

उक्त कागज हेरेर एडीसनकी आमाको आँखाबाट आँसु बग्न थाल्यो । आमाको त्यस्तो हालत देखेर एडीसनले सोधे, ‘यसमा के लेखिएको छ र तपाईं यसरी रुनुभयो ?’ तब झस्किदै आमाले आँसु पुछ्दै भनिन्, ‘यसमा लेखिएको छ कि– तपाइको छोरा जिनियस छ, हाम्रो स्कुल निम्त स्तरको छ र शिक्षक धेरै प्रशिक्षित छैनन्, यसलाई तपाईं स्वयम् शिक्षा दिनुस् ।’

केही वर्षपछि…

एडीसनकी आमाको निधन भयो । समयक्रमसँगै थोमस एल्बा एडिसन संसारको प्रसिद्ध वैज्ञानिक पनि बने । उनले बिजुली बत्ती, फोनोग्राफदेखि थुप्रै इलेक्ट्रिक उपकरणहरुको आविष्कार गरे ।

एकदिन उनी आफ्नो परिवारका वस्तुहरुलाई नियालिरहेका थिए । दराजको एउटा कुनामा उनले सानो कागजको टुक्रा भेटाए । उत्सुकताबस त्यसलाई खोलेर पढ्न थाले । त्यो त्यही कागज थियो– जुन उनका टिचरले उनकी आमालाई लेखेको वर्षौं पहिले लेखिएको थियो ।

कागजमा लेखिएको थियो– ‘तपाइँको छोरा बौद्धिक स्तरमा निकै कमजोर छ, यसले गरिखान सक्दैन, यसलाई यो स्कुलबाट निकालिएको छ र फेरि नपठाउनुहोला ।’

एडीसन त हेरेको हे¥यै भए र घण्टौंसम्म त्यहीं रुँदै बसे । अनि सम्हालिएर आफ्नो डायरीमा लेखे, ‘एउटी महान आमाले बौद्धिक स्तरमा आफ्नो बच्चालाई युगौंयुगसम्म विश्वकै महान वैज्ञानिक बनाइदिइन् ।’

यही नै सकारात्मक सोंच र सकारात्मक पालक (माता–पिता)को शक्ति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *