अलेक्जेण्डर र डायोजनिस

  
  प्रकाशित मितिः बुधबार, भदौ १४, २०७४       | 307 Views   ||

शायद अलेक्जेण्डर दी ग्रेटको नाम नसुन्ने कमै होलान् । उनले छोटो समयमै आधा संसार जितेका थिए । उनलाई एक्लो विश्वविजेता भनिन्छ ।

उनी ज्ञानका निकै प्यासी थिए । भनिन्छ उनी एक हातमा तरवार र अर्को हातमा होमरको महाकाव्य बोकेर हिड्थे । यसर्थ उनको ज्ञानी पुरूषहरूप्रति निकै लगाव थियो ।

एकपटक उनले महान् सन्त डायोजनिसको बारेमा सुने । डायोजनिससँग धनको नाममा भिक्षा माग्ने भाडो र लगाएको लंगौटीबाहेक अर्थोक केही थिएन । उनको लागि धर्ती नै बिस्तरा र आकाश छानो थियो । यद्यपि उनी निकै सन्तुष्ट थिए, निकै खुसी थिए जस्तो सुख संसारका नामी अमिरले समेत पाउन सकेका थिएनन् । उनी साँच्ची नै महान् सन्त थिए ।

सिकन्दरलाई उनलाई भेट्ने इच्छा लाग्यो र उनी डायोजनिस समक्ष गए । डायोजनिस समुद्र किनारमा बिहानको रापिलो घाम तापिरहेका थिए । घोडामा सवार भएर सिकन्दर उनको अघि गए र अदवका साथ भने ‘म यो पूरै देशको सम्राट हुँ र विश्व विजयको क्रममा छु । यहाँ जस्तो सन्तलाई सेवा गर्नु मेरो कर्तव्य हो । भन्नुहोस्, तपाई जे चाहनुहुन्छ म त्यो दिन्छु ।’

‘म आफैमा सन्तुष्ट छु, मेरा खासै केही चाहना छैन तर म सानो चिज माग्न चाहन्छु, डायोजनिसले मुसुक्क हाँस्दै भने, ‘महाशय, जाडोमा घाम बडो न्यानो हुन्छ, यहाँले मेरो घाम छेकिदिनुभएको छ, कृपया मेरो घाम नछेकिदिनुहोला ।’

यो सुनेपछि सम्राट टाउको लत्र्याउँदै घर फर्किए । पछि उनले भनेका थिए, ‘म संसारको सर्वाधिक शक्तिशाली सम्राट, संसार मेरो नाम सुनेर थर्किन्छ । तर यो नग्न फकिर डायोजनिस जोसित लंगौटी पनि छैन म जस्तो सम्राटलाई तृणवत तुच्छ मान्दछ । म डायोजनिसको इष्र्या गर्दछु । यदि मेरो अर्को जन्म हुन्छ भने म सिकन्दर नभएर डायोजनिस भएर जन्मन चाहन्छु ।

सिकन्दरको मृत्युपछि उनको इच्छा अनुसार उनको दुवै हातलाई अर्थीबाट लमतन्न बाहिर निकालियो । यो देखेर सबै मानिस छक्क परे, किनभने यस्तो न पहिले भएको थियो न त देखेका नै थिए । सबै शरिर बाँधिएका थिए तर हात खुला थिए । यो उनको अन्तिम सन्देश थियो कि ‘हेर, विश्व जितेर पनि यो सिकन्दर खाली हात गइरहेको छ ।’

‘जिन्दगीमा सुख पाउन सम्पत्तिको थुप्रो होइन, बस् सन्तुष्ट मन चाहिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *