दाङमा निर्वाचन क्षेत्र निर्धारण : दुबै उपमहानगरपालिका टुक्रिए

  
  प्रकाशित मितिः बिहिबार, भदौ १५, २०७४       | 1470 Views   ||

दाङ, १५ भदौ । यसअघि ५ वटा निर्वाचन क्षेत्र रहेको दाङमा प्रतिनिधिसभाको निर्वाचनका लागि ३ वटा निर्वाचन क्षेत्र हुने भएका छन् ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रतिनिधिसभाका लागि ३ र प्रदेश सभाका लागि ६ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको हो ।

जसअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं. १ मा गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र घोराही उपमहानगरपालिकाका वडा नं. १, २, ३ र ५ परेका छन् ।

क्षेत्र नं. १ मा पर्ने भुगोललाई नै दुई भागमा बाँडेर प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र बनाइएको छ ।

जसअनुसार प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नं. १ मा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका वडा नं. १, २ र ३ परेका छन् भने क्षेत्र नं. २ मा लमही नगरपालिका, राजपुर गाउँपालिकाका वडा नं. ४, ५, ६ र ७, घोराही उपमहानगरपालिकाका वडा नं. १, २, ३ र ५ मा परेका छन् ।

त्यस्तै, प्रतिनिधिसभाको निर्वाचनका लागि क्षेत्र नं. २ मा बंगलाचुली गाउँपालिका, घोराही उपमहानगरपालिकाका वडा नं. ४, ६–१९ र तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १६, १७, १८ र १९ परेका छन् ।

क्षेत्र नं. २ लाई नै दुई भागमा बाँडेर प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्रहरु बनाइएको छ ।

जसअनुसार प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिकाका वडा नं. ४, १३, १४, १५, १७, १८ र १९ रहेका छन् भने क्षेत्र नं. २ मा घोराही उपमहानगरपालिकाका वडा नं. ६, ७, ८, ९, १०, ११, १२ र १६, तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १६, १७, १८ र १९ रहेका छन् ।

निर्वाचन क्षेत्र नं. ३ मा तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १–१५, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिका रहेका छन् ।

क्षेत्र नं. ३ लाई दुई भागमा बाँडेर प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र बनाइएको छ ।

जसअनुसार क्षेत्र नं. १ मा तुलसीपुर उपमहानगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ रहेका छन् भने क्षेत्र नं. २ मा तुलसीपुर उपमहानगरपालिकाका वडा नं. १, २, १०, ११ र शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिका रहेका छन् ।

जिल्लामा रहेका दुई उपमहानगरपालिका यसपटकको निर्वाचन क्षेत्र निर्धारण अनुसार टुक्रिएका छन् । घोराही उपमहानगरका ४ वटा वडाहरु १, २, ३ र ५ क्षेत्र नं. १ मा परेका छन् भने बाँकी वडाहरु क्षेत्र नं. २ मा परेका छन् ।

त्यस्तै, तुलसीपुर उपमहानगरका वडा नं. १६, १७, १८ र १९ क्षेत्र नं. २ मा परेका छन् भने बाँकी वडाहरु क्षेत्र नं. ३ मा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *