दलित मुक्तिमोर्चा ५ नं. प्रदेशको अध्यक्षमा कर्मलाल

  
  प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४       | 184 Views   ||

प्यूठान, २७ भदौ । नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा ५ नं. प्रदेशको अध्यक्षमा कर्मलाल परियार चयन हुनुभएको छ । प्यूठानमा सम्पन्न प्रदेशको प्रथम सम्मेलनले कर्मलालको अध्यक्षतामा ५१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

मोर्चाको उपाध्यक्षहरुमा उषा विक, जिताराम विक, सोमबहादुर विक, खड्क दर्नाल, खुमबहादुर विक, धर्मबहादुर विक रहनु भएको छ । यस्तै सचिवमा राधिका परियार, सहसचिव महविर विक, देवराज नेपाली, अर्जुन विक, शिव सुनार, पुरुषोत्तम बराइली, रिमबहादुर नेपाली र कोषाध्यक्षममा अकविर विक रहनु भएको छ ।

त्यस्तै प्रदेश सदस्यहरुमा छवि परियार, कृष्णा परियार, टेकबहादुर सुनार, पृथ्वी हरिजनलगायत रहनुभएको छ ।

नवनिर्वाचित कार्य समितिलाई नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चाका केन्द्रीय संयोजक तिलक परियारले शपथ ग्रहण गराउनुभएको थियो । सो अवसरमा पूर्वखेलकूद मन्त्री दलजित श्रीपाली, प्रदेश नं. ५ का ईन्चार्ज खड्कबहादुर सुनार, ६ नं. प्रदेशका ईन्चार्ज चन्द्रबहादुर विकले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *