दाङ, २६ भदौ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन दाङको अध्यक्षमा माधव न्यौपाने चयन हुनुभएको छ । घोराहीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट उहाँ चयन हुनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा निर्मल गौतम र शेषमणि रिजाल, सचिव भीमसेन गिरी, सहसचिव महेश अधिकारी तथा सदस्यहरु ताराप्रसाद भुसाल, दधिराम खनाल, दीपबहादुर केसी, मदन पोख्रेल, लोकबहादुर बिसी, शोभा भुसाल, शान्ति श्रेष्ठ, अमर गिरी, ओम भुसाल, देवराज मल्ल, प्रदीप केसी, देबेन्द्र शर्मा र सुमन पौडेल रहनुभएको छ ।
दंगीशरण, राप्ती र बंगलाचुलीबाट सदस्य थप गरिने संगठनका अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुभयो ।
त्यस्तै संगठनले माधव गौतम, दिवाकर शर्मा, अरुणकुमार शर्मा, केदारप्रसाद आचार्य, अच्युतराज न्यौपाने, सर्जन गौतम, रमणकुमार शर्मा, मदनकुमार शर्मा, नरबहादुर अधिकारी, मेघराज सुवेदी, मस्तबहादुर श्रेष्ठ, नारायण भुसाल, चक्रबहादुर विश्वकर्मा, लोकराज आचार्य, श्रीधर पौडेल, ओमबहादुर कुँवर, अनन्तराज घिमिरे रहेको सल्लाहकार समिति गठन गरेको छ ।
सम्मेलनको उद्घाटन पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले ‘अनन्त’ले गर्नुभएको थियो ।