क्यान दाङको अध्यक्षमा भीमसेन

  
  प्रकाशित मितिः आइतवार, अशोज १, २०७४       | 148 Views   ||

दाङ, भदौ २६ । कम्प्युटर एशोसियन नेपाल महासंघ दाङ शाखा अध्यक्षमा भीमसेन गिरी सर्वसम्मत चयन हुनुभएको छ । क्यान महासंघ दाङको चौथो जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर ओली, उपाध्यक्ष कर्णबहादुर पुन, सचिव दिनेश गौतम, सहसचिव सिर्जनकुमार रेग्मी, कोषाध्यक्ष हेमन्त धिताल, सदस्यहरु मोलाल भण्डारी, शिशिर पौडेल, शिवराज कालाथोकी, अमर अधिकारी, रोशन राना, शालिक खनाल र अनिता सेन रहनुभएको छ ।

१५ सदस्यीय कार्य समितिमा एक जना अध्यक्षले नियुक्त गर्ने र एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

शाखा अध्यक्ष गिरीको अध्यक्षता एवं प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहको प्रमुख र क्यान महासंघका पूर्व उपाध्यक्ष नवराज कुँवरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, घरेलु महासंघका अध्यक्ष तुलसी राना, दाङ उवासंघका उपाध्यक्ष टंकसिंह बुढाथोकी, क्यान महासंघका केन्द्रीय सदस्य रेशम गिरीलगायतले बोल्नुभएको थियो ।

मोलाल भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन कृष्णबहादुर ओलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *