थबाङ गाउँपालिका अध्यक्ष घर्ती अपहरण मुक्त, पत्रकार बोलाएर आधा रातमा छोडियो

  
  प्रकाशित मितिः आइतवार, अशोज १, २०७४       | 1185 Views   ||

नवीन लोचन मगर

रोल्पा, १ असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको अपहरणमा परेका थबाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्तीमगर रिहा भएका छन् । बिहीबार अपहरणमा परेका उनी शनिबार राति पौने एघार बजे रिहा भएका हुन् ।

विप्लवका कार्यकर्ताले सञ्चारकर्मीलाई टेलिफोन गरी बोलाएर रोल्पा नगरपालिकाको धबाङ भनभने भन्ने स्थानमा घर्तीमगरलाई छाडिदिएका हुन् ।

 

बिहीबार राति १० बजेतिर थबाङ गाउँपालिका –२ मा रहेको ससुराली घरमा सुतिरहेका बेला उनलाई विप्लव कार्यकर्ताले अपहरण गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा शनिबारका लागि तय गरिएको थबाङ गाउँपालिकाको गाउँसभा बिथोल्न उनको अपहरण गरिएको थियो ।

गाउँपालिका अध्यक्षको अपहरण भए पनि शनिबारबाट गाउँसभा सुरु भएको छ । गाउँसभालाई शनिबारै माओवादी अध्यक्ष प्रचण्डले सम्बोधन गरे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाका अनुसार अपहरणको खबर पाएपछि उनको व्यापक खोजी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *