जुम्ला, असोज ८ । जुम्ला सिंजाको नाराकोटमा आयोजित जनसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज जुम्ला पुग्नुभएको छ ।
बाँकेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरी जुम्ला पुग्नुभएका प्रचण्डले सिंजामा आयोजित विशाल जनसभालाई सम्बोधन गर्नुभएको छ |
सो अवसरमा जुल्लाका लोकप्रिय नेता पूर्णप्रसाद धितालको नेतृत्वमा ७५० जना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । धितालले स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सिंजा गाउँपालिका अध्यक्षको उम्मेदवारको रुपमा लडेर लोकप्रिय मतसहित दोस्रो स्थान हासिल गरेका थिए ।
उनको नेतृत्वमा ७५० कार्यकर्ता प्रवेशले जुम्लामा माओवादी जीतलाई सहज बनाएको छ । धिताललाई माओवादीले प्रदेश सभाको उम्मेद्वार बनाउने घोषणा समेत गरेको छ ।
प्रचण्डको जुम्ला जनसभाका केही तस्बिरहरु यहाँ प्रस्तुत गरिएको छ । तस्बिरहरु : प्रकाश दाहालको फेसबुक पेजबाट