दशैंको ‘स्वादे जिब्रो’ दशा नबनोस्

  
  प्रकाशित मितिः सोमवार, अशोज ९, २०७४       | 330 Views   ||

– अरुणा उप्रेती

विभिन्न धर्म संस्कृतिमा कुनै पनि रमाइला र धार्मिक दिनस“ग विशेष परिकार जोडिएकै हुन्छ । मुसलमानहरुको एक महिना लामो व्रत (रोजा)का क्रममा प्रत्येक दिन सा“झ विशेष खाना सेवई र दूधका परिकार घर–घरमा पकाइन्छ । क्रिश्चियन धर्मावलम्बीका निम्ति डिसेम्बर २५ दिन विभिन्न परिकार पाक्छन् ।

यस्ता ‘वडा दिन’मा मासुका विभिन्न परिकार पकाइन्छ । नेपालका विभिन्न सा“स्कृतिक चाडस“ग खानाको अन्योन्याश्रित सम्बन्ध छ । अक्षय तृतियास“ग सातु र सर्वत जोडिएका छन् । जनै पूर्णिमाका बेला क्वाँटी खाने चलन छ । माघमा घ्यू, चाकु र खिचडी खाने चलन उत्तिकै अर्थपूर्ण छ ।

कुनै दिन मीठो खाना वा तरकारी खाइयो भने ‘आज त दशैं नै भयो, मासुभात मीठो गरी खाइयो’ भनिन्छ । मांसाहारी चिल्लो–चाप्लो भोजन ग्रहण गरेपछि त्यसलाई दशैं भन्नुले पनि मासु र वडा पर्वको सम्बन्ध पुष्टि गर्छ ।

दशैंका बेला मासु–भात, मासु–चिउरा र मासुस“ग अनेकन मसलायुक्त घ्यू, तेलले लदबद भएका खानेकुरा घर–घर पाक्छन् । ममचा पनि दशैंका बेलामा खाइन्छ । कति ठाउ“मा मासुभात खानकै निम्ति भनेर पहिल्यैदेखि खसी बोका, सु“गुर आदि पाल्ने गरिन्छ र यो बेला खाइन्छ ।

एकजना सरकारी कर्मचारीले भने, ‘म अहिले रगत जा“च गर्दिनँ, चाडपर्वपछि मेरो तौल बढेछ भने जानुपर्ला । अहिले जा“च गरे दशैंमा पेटभरि मासु खान पाइन्न ।’

उनले यसो भन्दा मलाई अचम्म लागेन । हामीमध्ये अधिकांशले स्वास्थ्यभन्दा जिब्रोको स्वादलाई महत्व दिएका कारण पछि दुःख पाउने कुरा बिर्सन्छौं ।

चाडबाडका बेला विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिले ध्यान पु¥याएनन् भने दशैं सिद्धिने बित्तिकै अनेक स्वास्थ्य समस्याका कारण डाक्टर, अस्पताल र औषधीको शरण पर्नुपर्छ ।

‘दशैंमा मनाइएको आनन्द अहिले निस्किरहेछ,’ धेरैको गुनासो सुनिन्छ, ‘के गरौं, मासु देखेपछि हात र मुख थाम्न सकिन्न । कसैका घर जादा दिएको भुटेको मासु र चिउरालाई कसरी नाइँ भन्ने ?’

एक छिन नाइँ भन्न नसकेपछि दशैंका बेलाको मासु–चिउरा, मासु–भातको मस्तीले उच्च रक्तचाप, मधुमेह आदि भएकाहरुले रगतमा चिनी बढेर समस्याले गाँजेपछि र खुट्टाका हड्डी धमाधम दुख्न थालेपछि बल्ल सम्झन्छन् । ‘अलि बढी नै खाइएछ कि क्या हो ?’ उनीहरुलाई पछुतो हुन्छ । तर खाएर शरीरको रगतमा गइसकेपछि चाहेर पनि निकाल्न सकिन्न ।

औषधीले दुखाइ अलि कम गर्छ । तर त्यसबाट पाइने दुःख सहनुको विकल्प छैन । फेरि कहिलेकाहीं समस्या यति बढ्छ कि औषधी पनि ‘कमजोर’ साबित हुन्छन् । औषधीले सधंै रोग निको पार्दा हुन त, धेरैका रोग निको भइसक्थे होलान् । तर त्यस्तो हुँदैन । मानसिकसहित शारीरिक रोगबाट त्राण पाउन खानपान र जीवन पद्धतिमा सुधार आवश्यक हुन्छ । दशैं होस् वा तिहार, इद होस् वा वकरिद वा क्रिसमस जहिल्यै स्वास्थ्यलाई ध्यानमा राखेर खानुपर्छ ।

मेरा एकजना डाक्टर साथी छन्  । उनी अरुको उच्च रक्तचाप, फोक्सो, मुटु आदि जा“च गरेर औषधी गर्छन् । उनीहरुलाई तौल घटाउन खाना कम गर्ने सल्लाह पनि दिन्छन् । अचम्म के भने उनी आफैं उच्च रक्तचाप र मधुमेहबाट पीडित छन् ।

‘दशैंका बेला मासु नखाई के गर्ने ?’ वा ‘भात नभई मलाई निन्द्रै लाग्दैन’ भन्दै उनले निरन्तर मधुमेह बढाइरहेका छन् । हामी केही साथी आपसमा छलफल पनि गर्छौं उनले किन आफ्नो जिब्रोको स्वादका कारण स्वास्थ्यलाई वेवास्ता गरेका होलान् ? उनलाई कसले बुझाउने होला ?

हामी प्रायः दशैं तिहारलगायतका चाडका बेला बढी खान्छौं । दशैंमा मासु नभई हुन्न भन्नेछ । मासुस“गै अन्य खानेकुरा झनै गरिष्ठ हुन्छन् । त्यसमाथि साथीभाइ र इष्टमित्रहरुस“ग बसेर खा“दा आउने आनन्द निकै हुन्छ । त्यो आन्दलाई मासुका परिकार, मिठाइ, पुरी आदिले झनै बढाउँछ । त्यसैले पेट भरिइसकेपछि पनि हाम्रो हात थालतिर गइरहन्छ । पेट भरिए पनि मन भरि“दैन । निरन्तर मुख चलिरहन्छ– कट्याङ…कुटुङ ।

यी सबै आनन्दको अन्त्य त्यो बेला हुन्छ, जब उच्च रक्तचापले टाउको भारी हुन्छ र अन्य थुप्रै समस्या आउ“छन् । तौल बढेर लुगाफाटा ठीक हु“दैनन् । कम्मर बढेर ‘कमरा’ (कोठा) बन्न पुग्छ । हरेक वर्ष दशैं तिहारको मासुको भोजपछि यस्ता समस्याहरु बढेर अस्पताल जाने मानिसको संख्या पनि बढ्छ ।

औषधी गर्दा हुने आर्थिक समस्या बढ्छ । यसले आफूलाई दुःख हुन्छ । घरपरिवारका सदस्यलाई पनि मानसिक समस्या हुन्छ । त्यसलाई पैसामा गन्न सकिन्न । एकछिनको जिब्रोको स्वादलाई रोक्न नसक्दा धेरै समस्या आउ“छ । त्यसैले दशैं तिहारमा मासुको मोह अलिकता कम गर्न सकिन्न र ?

दशैं तिहारमा मासुको माग बढी हुने भएकोले बिरामी जनावर पनि काटेर बेच्ने गरेका समाचार हामीले पढेका छौं । मासु पसलको सरसफाइको पनि ख्याल गरिएको पाइन्न । ममचामा हुने मिसावटबारे केही थाहा हुन्न ।

‘छिटो र सस्तो’ ममचामा अस्वस्थकर मासु र काम नलाग्ने वस्तु मिसाएको हामी सबैलाई थाहा छ । ममचा भन्दाभन्दै त्यो बनाउन प्रयोग भएको ‘मैदाको ममता’ले हामीलाई कति मस्या पार्ला त्यो पनि सोच्नुपर्छ ।

दशैं र तिहारको सुखलाई दुःखमा बदल्न नदिने हो भने खानपिनमा विचार गर्नुपर्छ । एउटा सानो जिब्रोले कति समस्या दिन्छ भन्ने थाहा पाउन अनेकौं रोगले घर गरेका मानिसलाई हेरे पुग्छ । हामी स्वादे जिब्रोको फन्दाबाट मुक्त हुनुपर्छ । दशैंको मासुको ‘दशा’ नहुने गरी खानु उत्तम हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *