सर्वोदय पुस्तकालयको अध्यक्षमा गौतम

  
  प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४       | 176 Views   ||

दाङ, असोज २० । यस क्षेत्रकै पहिलो पुस्तकालय सर्वोदय पुस्तकालय तथा वाचनालयको अध्यक्षमा सुशील गौतम चयन हुनुभएको छ । पुस्तकालयको बिहीबार घोराहीमा सम्पन्न अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा चन्द्रराज पन्त, सचिवमा सुदीप गौतम र कोषाध्यक्षमा नुमानन्द आचार्य रहनुभएको छ । समितिका सदस्यहरुमा शारदा शर्मा, सुशीला आचार्य, तुलसी राना, पदमप्रसाद शर्मा र हरिप्रसाद पाण्डेय रहनुभएको छ ।

समितिको सल्लाहकारहरुमा नारायणप्रसाद शर्मा, गिरिराज शर्मा, पुरुषोत्तम खनाल, नारायण भुसाल, शम्भु गौतम, माधव अधिकारी, उत्तमकृष्ण मजगैँया, विष्णा गौतम र भुवन देवकोटा रहनुभएको सचिव सुदीप गौतमले जानकारी दिनुभयो ।

२०१० सालमा स्थापना भएको सर्वोदय पुस्तकालय घोराही– १५ गौतमनगर टोलमा रहेको छ । संस्थाको आफ्नै भवन रहेको छ ।

अधिवेशनमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सम्बोधन गर्नुभएको थियो । उहाँले पुस्तकालयको स्तरवृद्धि र आधुनिकीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

नवनिर्वाचित कार्यसमितिलाई पुस्तकालयका संस्थापक सदस्य नारायणप्रसाद शर्माले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शारदा शर्माले गर्नुभएको थियो भने धन्यवाद सुदीप गौतमले दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *