राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित, अब दाङमै सरकारी मेडिकल कलेज

  
  प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४       | 385 Views   ||

नरेन्द्र केसी

दाङ, असोज २५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्न बनेको विधेयक व्यवस्थापिका–संसदबाट पारित भएको छ । मंगलबार बसेको संसद बैठकले यो विधेयक पारित गरेको हो ।

पश्चिम नेपालको पूँजीको रुपमा हेरिएको प्रतिष्ठान गठन गर्न बनेको विधेयक पारित भएपछि राप्ती उपक्षेत्रीय अस्पताल घोराही अब प्रतिष्ठानमा बदलिनेछ र यसमा चिकित्सा शिक्षा पढाइ हुनेछ ।

असो ज २ गते  मन्त्रिपरिषद्बाट पारित भई असो ज ६ गते  संसदमा दर्ता भएर स् वास् थ्यमन्त्री गिरिराजमणि पो ख्रे लबाट असो ज ९ गते  पे श गरिएको  यो  विधे यक फाष्ट ट्रयाकबाट पन्ध्र दिनको  छोटो  समयमै  पारित भएको  छ  । ऐन राजपत्रमा प्रकाशित भएपछि नियमावली निर्माण र पदाधिकारी नियुक्तिको  बाटो  खुल्नेछ  ।

विधेयकमा प्रतिष्ठानमा अध्ययन गर्ने कूल विद्यार्थी संख्याको कम्तीमा ५० प्रतिशत स्थानमा आर्थिक रुपले विपन्न विद्यार्थीलाई पूर्ण रुपमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था राखिएको छ ।

प्रतिष्ठानले प्रवेशिका उत्तीर्ण गरी स्वास्थ्य विज्ञानसम्बन्धी प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थी तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा तोकिएको अवधिभरि काम गरेका स्वास्थ्य क्षेत्रका कर्मचारीलाई एमबीबीएस अध्ययनका लागि भर्ना लिने विधेयकको प्रावधान छ  । यसरी एमबीबीएस अध्ययन गरेका चिकित्सकले प्रतिष्ठानले तोकेका ठाउँमा तीन बर्ष सेवा गर्नुपर्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

प्रतिष्ठानको मुख्य कार्यालय घोराहीमा रहनेछ । त्यसका लागि नवलपुरमा रहेको झण्डै बीस बिघा सार्वजनिक जग्गा हस्तान्तरणको प्रक्रिया पनि थालिएको छ । प्रतिष्ठानका अंगको रुपमा प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, सेवा आयोग, विद्या परिषद्, संकाय, अनुसन्धान केन्द्र, शैक्षिक संस्था र अस्पताल रहनेछन् ।

प्रतिष्ठान स्वशासित संस्था रहनेछ । प्रतिष्ठानको सबैभन्दा माथिल्लो निकाय सभा हुनेछ, यसको अध्यक्षता कूलपतिले गर्ने छन् । २१ सदस्यीय सभामा जिल्लाको तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख र घोराही उपमहानगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था विधेयकमा गरिएको प्रतिष्ठान गठनका लागि स्वास्थ्य मन्त्रालयबाट नियुक्त सहजकर्ता एवं माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो ।

त्यस्तै प्राज्ञिक परिषद्को अध्यक्षता शिक्षाध्यक्ष, कार्यकारी परिषद्को अध्यक्षता उपकूलपति आदि रहने व्यवस्था गरिएको छ । प्रतिष्ठानको मुख्य उद्देश्य चिकित्सा शिक्षा सञ्चालन गर्नु हुनेछ । त्यस्तै गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाका लागि अस्पताल स्थापना गर्ने प्रावधान विधेयकमा रहेकोमा राप्ती उपक्षेत्रीय अस्पताल यही ऐनको व्यवस्थाअनुसार गठन भएको मानिनेछ । अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति रहनेछ ।

प्रतिष्ठानका पदाधिकारीको रुपमा प्रधानमन्त्री कूलपति र स्वास्थ्यमन्त्री सहकूलपति रहनेछन् भने प्रतिष्ठानमा पूरा काम गर्ने गरी उपकूलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन र निर्देशक रहनेछन् । प्रतिष्ठान विश्वविद्यालयजस्तै स्वायत्त रहने भए पनि यसले अन्य निकायलाई सम्बन्धन भने दिन पाउने छैन ।

२०१६ सालमा महेन्द्र हेल्थ सेन्टरको रुपमा यो अस्पताल शुरु भएको थियो । जिल्ला अस्पतालको रुपमा रहेको यो अस्पताल २०६५ चैत १२ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्तरोन्नति भएको थियो । नेपाल सरकारले गत असोज २ गते यो अस्पताललाई तीन सय शैयाको अस्पताल बनाउने निर्णय मन्त्रिपरिषद्बाट गरिसकेको छ । यद्यपि यसको ओएनए गर्न बाँकी नै छ ।

अस्पतालसँग अहिले भौतिक पूर्वाधारको भने कमी नै छ । दुईवटा पुराना इन्डोर भवन छन् भने नयाँ इण्डोर भवनमा तला थप गर्ने काम भइरहेको मेसु डा. जनार्दन पन्थीले जानकारी दिनुभयो । त्यस्तै, इमर्जेन्सी र ५० शैयाको नयाँ भवन निर्माण शुरु भएको छ । २५ करोड लागतमा भवन निर्माण शुरु भएको छ ।

दीप प्रज्ज्वलन गरेर खुसीयाली

यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित भएको खुसीयालीमा मंगलबार साँझ अस्पताल परिवारले अस्पताल परिसरमा र दाङ जिल्ला उद्योग वाणिज्य संघले आफ्नै कार्यालयमा दीप प्रज्ज्वलन गरेर खुसीयाली मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *