आठ-दश वर्षमा नेपालमा समाजवाद ल्याउँछौँः प्रचण्ड

  
  प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४       | 128 Views   ||

नेकपा माओवादी केन्द्रका अअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनले दुईतिहाइ बहुमत ल्याउने दावी गरेका छन्। सोमबार चितवनमा वाम गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले दुईहिाइ बहुमतको सरकार चलाउँदै ८-१० वर्षको अन्तरालमा नेपाली मोडलको समाजवाद ल्याउने बताए।

अध्यक्ष प्रचण्डले नेपाललाई समृद्ध राष्ट्र बनाउनुबाहेक वाम गठबन्धनको अरु कुनै लक्ष्य नरहेको स्पष्ट पारे। ‘नयाँ केन्द्र निर्माण गरेर समृद्ध राष्ट्र बनाउन चाहेकाले, वाम गठबन्धनको त्यो भन्दा ठूलो लक्ष्य अरु केही छैन’, उनले भने।

वाम एकताले नेपाली जनतामा उमंग छाएको उनले दावी गरे। उनले भने, ‘वाम गठबन्धन स्थिर सरकार र विकास दिनका लागि हो’, उनले भने, ‘अस्थिर राजनीतिका कारण वाक्क भएका नेपाली जनता स्थिर सरकार पाउने आशाले तरंगित भएका छन्।’

अध्यक्ष प्रचण्डले वाम गठबन्धनले कांग्रेस र राप्रपाहरुबीचको लोकतान्त्रिक गठबन्धनलाई सकरात्मक रुपमा लिएको भन्दै कांग्रेससलाई पनि वाम गठबन्धनलाई सकरात्मक रुपमा लिन आग्रह गरेका छन्।

सम्पूर्ण क्षेत्र जितेर चितवनलाई नमूना बनाउने

अध्यक्ष प्रचण्डले चितवन जिल्लाका सम्पूर्ण क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी हुने दावी गरेका छन्। उनले वाम गठबन्धनका कारण चितवनका जनतामा नयाँ तरंग पैदा भएको र वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आतुर रहेको बताए।

वाम गठबन्धनले चितवनलाई नमूना जिल्लाको रुपमा अगाडि लैजाने योजना ल्याएको भन्दै कार्यकर्ताहरुलाई पनि सोही भवनाअनुरुप लाग्न निर्देशन दिए। ‘वाम गठबन्धनको उद्देश्य चितवनका सम्पूर्ण क्षेत्रहरु जितेर नमूना जिल्ला बनाउने हो,’ दुवै पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले भने, ‘तपाइहरु पनि त्यही स्प्रिटमा लाग्नुहोस्।’

वाम गठबन्धन चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक समृद्धि र स्थायी शान्तिका लागि पनि वाम गठबन्धन भएको बताए।

वाम गठबन्धनको चितवन जिल्ला निर्वाचन परिचालक कमिटी संयोजक अमिक शेरचनले चितवन जिल्ला वाम बर्चश्व भएको जिल्ला भएको हुँदा सम्पूर्ण क्षेत्रमा वाम उम्मेदवारहरु विजयी हुने दावी गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *