दाङमा एकजना शव फेला परेको छ । लमही नगरपालिका ६ देउपुरमा सोहि नगरपालिका वडा नं ७ मानपुर निवासी ४२ वर्षीय परदेशु चौधरीको शव फेला परेको हो ।
शवलाई पोष्टमार्टम गर्न लमही अस्पतालमा ल्याइएको छ । बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चौधरीले अत्यधिक मदिरा सेवन गरेकाले मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।