को हुन् इन्द्रजित थारु ?

  
  प्रकाशित मितिः सोमवार, कार्तिक २०, २०७४       | 319 Views   ||

 

इन्द्रजित थारु दङाली जनतामाझ नौलो नाम हैन । जिल्लाको परिवर्तनको इतिहासलाई केलाउँदै जाने हो भने ‘इन्द्रजित’ शब्दको चमक पन्ना–पन्नामा भेटिन्छ । एउटा सामान्य किसान परिवारमा जन्मिएर पनि जिल्लामा भएका राजनीतिक संघर्षका प्रत्येक उथलपुथलसँग इन्द्रजित जोडिएका छन् ।

२०५१ सालमा अखिल क्रान्तिकारीको इकाई कमिटी सदस्यका रुपमा राजनीतिमा पाइला सारेका उनी जनयुद्धकालभरि दङाली जनतासँगै संघर्षको मैदानमा थिए ।

नेकपा माओवादीको एरिया कमिटी सदस्य भएपछि २०५४ सालबाट भूमिगत जीवनको आरम्भ गरेका उनले यहाँको किसान आन्दोलन, आदिवासी थारु जातिको अधिकार प्राप्तीको संघर्षका पहलकर्ता पनि हुन् ।

– भुपेन

‘त्यसअघि जिल्लामा यी उत्पीडित समुदायका पक्षमा संघर्ष नभएका हैनन्, उनी सम्झन्छन्, ‘तर त्यो आन्दोलन गुणात्मक रुपले विकास हुन सकेको थिएन । जनयुद्धकालमा उत्पीडित समुदायको संघर्षले जिल्लामा नयाँ उचाई लियो । जनयुद्धको शुरुवाती चरणमै म पार्टीमा आबद्ध भइसकेको हुँदा त्यो संघर्षमा मैले तल्लो तहदेखि नेतृत्वदायी भूमिकासमेत निर्वाह गर्न पाएँ । ती संघर्षमा सहभागी हुन पाउनु मेरो सौभाग्य थियो ।’

०५४ सालमा भूमिगत भएसँगै इन्द्रजितको राजनीतिक संघर्षको यात्राले फरक–फरक जिम्मेवारी एकैचोटी निभाउनुप¥यो । एकतर्फ उनी पार्टीको महत्वपूर्ण जिम्मेवारी त सम्हालिरहेका थिए नै, सँगसँगै ०५६ सालसम्म आइपुग्दा उनी थारु राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय महासचिवसमेत भइसकेका थिए ।

कम्युनिष्ट राजनीतिमा बेला–बेलामा सुन्न पाइने ‘रेड’ र ‘एक्सपर्ट’ अर्थात् ‘लाल’ र ‘निपुण’ दुबै क्षमता इन्द्रजितमा भएकोले हुन सक्छ । छोटो समयमै उनले पार्टी र भातृसंगठनको महत्वपूर्ण जिम्मेवारी पाएका थिए ।

२०५९ सालसम्म आइपुग्दा उनी नेकपा माओवादी दाङको सेक्रेटरीसमेत भइसकेका थिए । ‘पार्टीले दिएको जिम्मेवारीमा नहिच्किचाएर खटिने भएकाले हुुनसक्छ मैले महत्वपूर्ण जिम्मेवारी छोटो समयमा पाएँ । पार्टीले नि विश्वास ग¥यो, इन्द्रजित इतिहास सम्झन्छन्, ‘समय अप्ठ्यारो थियो । तर शायद आफू पनि उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने भएकाले हुन सक्छ परिवर्तनप्रतिको ठूलो लगाव थियो । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न पाउँदा थकाई लागेको महसुस हुँदैनथ्यो ।’

२०६२/०६३ को जनआन्दोलमा इन्द्रजितले नेतृत्वदायी भूमिका निर्वाह गरे । देउखुरीको समतल फाँटदेखि दाङका पहाडी चुचुरासम्म जनआन्दोलनको गरिमा र महत्व बुझाउँदै उनले जनसहभागिता जुटाउने काम गरे । जनआन्दोलन सफल भयो ।

र, त्यसपछि नेपालमा गठित पहिलो गणतान्त्रिक व्यवस्था अर्थात् अन्तरिम व्यवस्थापिका संसद सदस्य बन्ने मौका इन्द्रजितले पाए । लगत्तै २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा खुमबहादुर खड्काजस्ता नेपाली कांग्रेसका प्रभावशाली नेतालाई पराजित गरेर इन्द्रजित संविधानसभामा सभासद् भए ।

‘खुमबहादुरजस्ता प्रभावशाली नेतालाई पराजित गर्नु चानचुने कुरा थिएन । शायद म जस्तो उत्पीडित समुदायबाट आएको युवकले राजनीतिका त्यस्ता चतुर खेलाडीलाई हराउन सक्ने कुरा सोच्नसमेत गाह्रो हुने विषय हो, इन्द्रजित आफ्नो पहिलो चुनावी अनुभव सुनाउँछन्, ‘तर समय निक्कै बलवान हुन्छ । समयको मागबारे मैले र पार्टीले जनतालाई स्पष्टसँग बुझायौं । रातदिन नभनी चुनावी तयारीमा खटियौं । उनीहरु पैसा बोकेर गाउँ–गाउँ पसे । हामी जनताको भविष्य र आफ्ना एजेण्डा बोकेर मतदातासम्म पुग्यौं । र, जनताले स्वभाविकै रmपमा सधैंझैं क्षणिक स्वार्थभन्दा भविष्य हेरेँ ।’

संविधानसभा सभासद छँदा इन्द्रजितले निकै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने मौका पाए । हाल निर्वाचन सम्पन्न भइसकेको स्थानीय तहको निर्माण तथा प्रादेशिक संरचनाजस्ता विषयबारे त्यतिबेलाको राज्य पुनःसंरचना समितिले खाका कोरिसकेको थियो । इन्द्रजित सभासद छँदा त्यही राज्य पुनःसंरचना समितिमा रहेर काम गरेको व्यक्ति हुन् ।

‘धेरैलाई भ्रम छ, पहिलो संविधानसभाले केही गर्न सकेन भनेर, उनी आफू सभासद छँदा काम गरेको अनुभव सुनाउँछन्, ‘हाल जारी गरिएको नयाँ संविधानको ८० प्रतिशत काम त पहिलो संविधानसभाले नै गरिसकेको थियो । पछि त्यसमा सामान्य थपघट गरेर दोस्रो संविधानसभाबाट नेपालको संविधान २०७२ जारी गरिएको हो । यसर्थ पहिलो संविधानसभालाई जसरी असफल भन्ने गरिन्छ त्यो पक्कै पनि हैन ।’

राज्य पुनःसंरचना समितिमा काम गर्दा हाल राज्यका हरेक निकायमा अनिवार्य झैं भइसकेको समावेशी प्रतिनिधित्वको स्थापना गर्न ठूलो संघर्ष गर्नुपरेको इन्द्रजितको अनुभव छ । ‘संविधानसभामा स्पष्ट दुई धार थिए । एउटा अग्रगामी, जुन नयाँ संविधानलाई जनताको बनाउन चाहन्थ्यो । अर्को पश्चगामी, जुन पुरानै ०४७ को संविधानलाई ब्युँताउन चाहन्थ्यो । संविधान नै जारी गर्नुपरे पनि उत्पीडित वर्गको पक्षमा हुनै नहुने उनीहरुको तर्क हुन्थ्यो । उत्पीडित वर्गको पक्षमा नभई नहुने हामी तर्क गथ्र्यौँ, उनी भन्छन्, ‘हाम्रो संघर्षले मजबुत भयो । हामीले नयाँ संविधानमा समावेशीता, समानुपातिक प्रतिनिधित्व प्रणाली स्थापित गरेरै छाड्यौं ।’

पहिलो संविधानसभाको आयु समाप्त भएपछि दोस्रो संविधानसभामा इन्द्रजित निर्वाचनमा सहभागी भएनन् । हाल पुनः मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ (क) बाट उनी प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् ।

निर्वाचनमा हार र जीतको चिन्ताभन्दा पनि पुनः उनलाई आम मतदाताकहाँ पुगेर यो निर्वाचनमा भएको वाम गठबन्धनको महत्व र त्यसले दीर्घकालसम्म पार्ने प्रभावबारे बुझाउनु छ । ‘यो नेपालको राजनीतिक इतिहासमा अर्को महत्वपूर्ण मोड हो । अबको १० वर्षमा नेपाललाई कस्तो बनाउने भन्ने फैसला निर्वाचनबाट आउने परिणामले गर्नेछ । यसर्थ पनि यी सबै कुरा बुझाउनु छ ।’

कुराकानीको अन्त्यतर्फ आइपुग्दा उनले भने, ‘मैले निर्वाचन जित्ने कुरा आम मतदाताको हातमा छ । पहिले अग्रगामी कानून बनाउँछु भनेर जनतामाझ वाचा गरेको थिएँ । जनताले पत्याएर भोट दिनु भो । जिते र बनाए । अबको जीत देउखुरीको विकास र समृद्धिका लागि हुनेछ भनेको छु । जनताले फेरि पनि पत्याउने छन् र म आफ्ना वाचा पूरा गर्नेछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *