बाम गठबन्धन क्षेत्र नं. १ को संयुक्त प्रशिक्षण

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २२, २०७४       | 130 Views   ||

देउखुरी, कार्तिक २२ । संयुक्त निर्वाचन परिचालन कमिटी निर्वाचन क्षेत्र नं. १ को आयोजनामा मंगलबार लमहीमा संयुक्त प्रशिक्षणको आयोजना गरिएको छ । निर्वाचन क्षेत्र नं. १ मा पर्ने सबै तहबाट नेकपा एमाले र माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै मंसीर २१ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठवन्धनका साझा उम्मेदवारलाई विजय बनाउन एक भएर लाग्न अपील गरिएको छ ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वाम गठबन्धनका कार्यकर्ता विचारमा बलियो हुनुपर्ने र संयुक्त घोषणापत्रको सन्देश सबैमाझ पु¥याउन अपील गर्नुभयो । वामपन्थीहरुको नेतृत्वमा आगामी २० वर्षसम्म सरकार चल्ने र आर्थिक समृद्धिबाट जनताको जीवनस्तर माथि उठाउने दिशामा केन्द्रित हुने बताउनु भयो ।

यस्तै प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले नेपालमा बलियो कम्युष्टि पार्टी बनाउने दिशामा अघि बढेको र यस अभियानलाई जनताले उत्साहको रुपमा लिएको बताउनुभयो । पार्टी एकीकरण राष्ट्रिय आवश्यकतामा आधारित भएको भन्दै लामो छलफलबाट पार्टी एकीकरण गर्ने विषय टुङ्गोमा पुगिसकेको उहाँले बताउनुभयो ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक सुरामणि वेल्वासेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र नं. १ का वाम गठबन्धनका साझा उम्मेदवारले क्षेत्र नं. १ मा वाम गठबन्धनका साझा उम्मेदवारहरुले जित्ने आधारहरु राख्दै ढुक्क भएर निर्वाचन प्रचार प्रसारमा केन्द्रित हुन अपील गर्नुभयो ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ (१) का उम्मेदवार इन्द्रजित थारुले दुई पार्टी एकीकरण हुने विषयले सबै कार्यकर्ताहरुमा भावनात्मक एकता कायम गरेको बताउनुभयो । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ (२) का साझा उम्मेदवार रेवतीरमण शर्माले आधुनिक र वैज्ञानिक समाजवाद स्थापित गर्न कम्युनिष्ट आन्दोलन नयाँ मोडमा पुगेको र जनता सबै वाम गठबन्धनमा गोलबन्द हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमलाई नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्का, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जीवन गौतमले सम्बोधन गर्दै उत्साहित रुपमा प्रचार प्रसारमा केन्द्रित हुन अपील गर्नुभयो । वाम गठबन्धनका कार्यकर्ताहरुले मतदाता शिक्षालाई प्राथमिकतामा राखेर अघि वढ्न अनुरोध गर्नुभयो । निर्वाचन परिचालन क्षेत्र नं. १ (२) का संयोजक रतन कुमार केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन निर्वाचन परिचालन समिति क्षेत्र नं. १ का सहसंयोजक नारायणी शर्माले गर्नुभएको थियो ।

मालेका क्षेत्रीय ईञ्चार्जसहित युवाहरु माओवादी केन्द्रमा

यसैबीच नेकपा माले दाङ क्षेत्र नं. १ का ईञ्चार्ज तथा स्थानीय तह निर्वाचनमा लमही नगरपालिका मेयर पदका उम्मेदवार प्रेमप्रसाद पुलामीसहित १० जना युवा माले पार्टी परित्याग गरी वाम गठबन्धनलाई समर्थन गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै मालेका क्षेत्रिय ईञ्चार्ज पुलामी सहीत अनेरास्ववियू पाँचौंका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नमराज रिजाल, नेकपा मालेका क्षेत्रीय अध्यक्ष कमलराज चौधरी, क्षेत्रीय सदस्य कमलप्रसाद भण्डारी, विरु गिरी, खेमराज जिसी, दिलबहादुर भण्डारी, निराजन चौधरी, सुरेन्द्र चौधरी, रुपलाल शर्मा रिजालले नेकपा माले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *