यी हुन् दाङका हेवी वेट नेताका चुनावी कमाण्डर

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४       | 147 Views   ||

घोराही । युद्धमा जीत, हारको मुख्य कारक बन्छ कमाण्डर । मोर्चा जित्ने वा हार्ने कुरा उसले खेल्ने कुशल र परिपक्को भूमिकामा निर्भर रहन्छ । अहिले चुनावी प्रचारले चिसिदै गएको मौसम तात्दै गइरहेको छ । उम्मेदवारहरु जनताका घरदैलोमा पुग्न थालेकाछन् ।

चुनावमा उठेको उम्मेदवार जति नाम चलेको भएपनि ऊ आफू एक्लैमा केहि हुँदैन यदि उसलाई विजयमा पु¥याउने कमाण्डर सक्षम र जुझारु छैन भने । अहिले दाङको २ नं. निर्वाचन क्षेत्रबाट उठेका केन्द्रका हेवी वेट नेता कृष्णबहादुर महरा र शंकर पोख्रेललाई जिल्ला र देशकै विकासको नीति निर्माण तहमा पु¥याउने कमाण्डरको महत्वपूर्ण जिम्मेवारी पाएकाछन दाङका युवा नेता हेमराज शर्मा डायमण्डले ।

आफनो क्याम्पसको जीवनदेखि पूर्णकालिन कार्यकर्ताको रुपमा राजनीति गदै आइरहेका डायमण्ड माओवादी वृत्तमा स्थापित नाम हो । जनयुद्ध वेला जिल्लामा भएका ठुल्ठुला फौजी संर्घष होस वा शान्तिकालका वेला विशाल जनताको जुलुसलाई परिचालन गर्ने काम होस् यसको व्यवस्थापन र व्यवस्थित परिचालनका प्रमुख हुन यिनै कमरेड डायमण्ड ।

कुशल र सक्षम संगठकको क्षमता भएका यिनै डायमण्डले ०६२÷०६३को जनआन्दोलनको वेला बैशाख १० घोराहीमा उर्लेको विशाल जनसागरलाई व्यवस्थित पार्ने भित्री कमाण्डरको जिम्मेवारी यिनैले सम्मालेका थिए । २०६४ सालमा महरालाई जिताउन सफल भएका यिनै कमाण्डर अहिले संयुतm वाम गठबन्धनलाई २ दुबै हेवी वेट नेताहरुलाई जिताउने जिम्मेवारी प्राप्त गरेकाछन् ।

अहिले हुन थालिरहेको संघ र प्रदेश सभाको चुनावले आगामी पाँच बर्षसम्मको राजनीतिक पोजिशन तयार पार्ने छ । यस पटकको निर्वाचन विगतको निर्वाचन भन्दा अलि भिन्नै देखिन्छ । २ प्रमुख कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वामपन्थी गठवन्धन र अबको एजेण्डा आर्थिक समृद्धिको भएकाले पनि जनतालाई वेग्लै प्रकारको उत्साह र उर्जा प्रदान गरेको छ । अझ जिल्लामा दुबै पार्टीका दुई जना हेवी वेट नेताको एकै ठाउँबाटको उम्मेदवारीले चुनावी गतिविधिलाई अझ रोचक र रौनकता थपिदिएको छ ।

अहिले दाङमा महरालाई दाङको तर्फबाट केन्द्रमा नेतृत्व गर्ने र पोख्रेललाई पाँच नं प्रदेशको भावि मुख्यमन्त्री बन्ने भनेर चर्चा चलेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोख्रेललाई भावी मुख्यमन्त्रीको रुपमा अगाडि सारिसकेको स्वयं उम्मेदवार नेताहरुले वताइरहेकाछन् ।

यसरी दुई पार्टीका २ हेवी वेट नेतालाई जिताउने जिम्मा दुबै पार्टीले साझा रुपमा लिएकाछन् डायमण्डलाई । निर्वाचन लगत्तै दुई पार्टी बीच एकता हुने तयारी भएकाले दुबै गठबन्धनलाई जसरी भए पनि विजयमा पु¥याउन चाहन्छन दुबै पार्टीका जिल्ला नेतृत्वहरु ।

अहिले जिल्लामा संयुतm वामगठबन्धनको निर्वाचन परिचालन समिति समेत बनिसकेकाछन् । ती समितिमा दुबै पार्टीको तर्फबाट प्रतिनिधित्व भएको छ ।माओवादी नेता महरा र एमाले नेता शंकर पोख्रलको निर्वाचन क्षेत्र एउटै परेको छ । महरा निर्वाचन क्षेत्र नं २ को संघमा र पोख्रेल निर्वाचन क्षेत्र नं १ को क मा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएकाछन् ।

महरा र शंकर पोख्रेललाई जिताउने उद्देश्य सहित वाम गठबन्धनले नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं दाङ जिल्ला सह–इञ्चार्ज हेमराज शर्मा ‘डायमण्ड’ लाई चुनावी कमाण्डर तोकिसकेको छ । अहिले उनी दुबै गठबन्धनबाट २ नं. निर्वाचन क्षेत्रका ३ बटै उम्मेदवारलाई जिताउन दुबै पार्टीका कार्यकर्तालाई व्यवस्थित तरिकाले परिचालन गर्न दुबै पार्टीको स्थानीय कमिटीहरुलाई संयुतm रुपमा बैठक बसालेर आन्तरिक संगठन सेटिङलाई चुस्त र प्रभावकारी बनाउने कार्यमा लागिरहेकाछन् ।

संगठनको तल्नो तहबाटै नेतृत्व विकासमा खारिदै आएका डायमण्ड संगठन परिचालनमा अब्बल क्षमताका नेतृत्वका हिसाबले माओवादीमा चिनिन्छन् । र अब उनको काँधमा गठबन्धनका नेता महरा र पोख्रेललाई जिताउने जिम्मेवारी आएको छ । डायमण्डको बारेमा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतम भन्छन– डायमण्ड कुशल संगठक हुन र उनी संगठन परिचालमा विशिष्ट क्षमता भएका नेता हुन् ।

अहिलेसम्मका विभिन्न खाले जिम्मेवारीमा अब्वल देखिएका डायमण्ड यसपटक आफ्नो जिम्मेवारीलाई कसरी परिणाममुखी बनाउछन् ? त्यो भने निर्वाचनमा वाम गठबन्धनले प्राप्त गर्ने उपलब्धिमा देखिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *