माओवादी सल्लाहकार घिमिरेको निधन

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४       | 83 Views   ||

दाङ, कार्तिक २३ । नेकपा माओवादी केन्द्र दाङका सल्लाहकार एवं दाङका अग्रज कम्युनिष्ट नेता फनिन्द्र घिमिरेको निधन भएको छ । केही समय पहिलेदेखि क्यान्सरबाट पीडित घिमिरेको बिहीबार दिउँसो घोराही–१७ बर्गदी घरमै निधन भएको हो ।

२०१३ सालमा जन्मिनुभएका घिमिरे शिक्षण पेसाबाट निवृत्त भइसकेपछि राजनीतिक कार्यकर्ताको रुपमा रहदै आउनुभएको थियो । जनयुद्धको शुरुवाती समयमा केही महिना जेल जीवनसमेत ब्यहोर्नुभएका उहाँ आजीवन कम्युनिष्ट पार्टीमै रहनुभएको थियो ।

पञ्चायतकालीन समयमा कम्युनिष्ट आन्दोलनमा सहभागी भएर यस क्षेत्रका किसान आन्दोलनलगायत जनपक्षीय काममा लागेका घिमिरे जनयुद्धको शुरुवातसँगै माओवादी पार्टीमा आबद्ध हुनुभएको थियो ।
विभिन्न कालखण्डमा शिक्षक संगठन, बुद्धिजीवी संगठन, किसान संगठनमा समेत बसेर काम गर्नुभएका उहाँ पछिल्लो समय नेकपा माओवादी केन्द्र दाङका सल्लाहकार हुनुहुन्थ्यो ।

उहाँलाई आज नै सिस्ने खोला र कटुवा खोलाको दोभानमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

दाहसंस्कारमा उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता, दाङ २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा, दाङ २ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले श्रद्धाञ्जली सम्मान गर्ने माओवादी केन्द्र दाङका संयोजक सुवास पुनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *