सन्तोष दहित
दाङ, २६ कार्तिक । बंगलाचुली गाउँपालिका वडा नं. ६ रिभानका मतदाताहरुले बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेललाई पाँच नं. प्रदेशको मुख्यमन्त्रीको रुपमा हेर्न आतुर रहेको बताएका छन् ।
घरदैलो अभियानको क्रममा त्यहाँ पुगेका बाम गठबन्धनको तर्फबाट पाँच नं. प्रदेशका प्रस्तावित मुख्यमन्त्री एवम् एमालेका स्थायी कमिटिका सदस्य शंकर पोख्रेलाई भब्य अबिर मालाले स्वागत गर्दै यस्तो सन्देश सुनाएका हुन ।
उनिहरुले भने– ‘तपाईको जीत सुनिश्चित छ, हाम्रो गाउँमा यसपटक बाम गठबन्धनका सवै उम्मेदवारलाई जिताउनेलाई निर्णय गरिसकेका छौं ।’ हामीलाई तपाई जस्तै सक्षम र बौद्धिक नेताको खाँचो छ, यहाँको विकासको लागि धेरै आसेपासे नेताहरु आए अब तिनीहरुको काम छैन, हामी तपाइबाट धेरै आशा गरेका पनि छैनो, यहाको शिक्षा, स्वास्थ्य र बाटोघाटोमा विकास गरिदिनुभयो भने पुग्छ ।’
यसैबीच क्षेत्र नं. २ को (क) का उम्मेदावार एवं सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले यहाँको विकासको लागि आफ्नो उम्मेदवारी दिएको बताउनु भएको थियो । दाङ जिल्लाई प्रदेशको राजधानी बनाउनेदेखि लिएर दाङलाई समृद्ध बनाउने मेरो मुख्य लक्ष्य रहेको पोख्रेलले सुनाउनुभयो ।
अन्य गाउँपालिकाभन्दा बंगलाचुलीको गाउँपालिका विकासको हिसाबले पछि भए पनि अन्य हिसावले अगाडि रहेको बताउँदै यहाँको समग्र विकासको लागि आफ्नो पहिलो ध्यान रहेने पोख्रेलले बातउनुभयो ।
‘अहिलेको बाम गठबन्धनको तालमेलको उद्देश्य पनि जनताका जीवनस्तरलाई परिवर्तनको लागि भएको बताउँदै पोख्रेलले भन्नुभयो, ‘चुनाव पछि सबै विकासको काम तीब्र रुपमा अगाडी बढ्छ ।’
दिगो रुपमा विकास गर्नका लागि बामगठबन्धन गर्नुपरेको बताउँदै पोख्रेलले बाम गठबन्धनको सबै उम्मेदवारीहरुलाई बहुमतले जिताउन मतदाताहरुलाई आग्रह गर्नुभयो ।