भालुबाङबासी माझ बामपन्थी उम्मेदवारको प्रतिबद्धता- ‘लालपुर्जाको समस्या हामी सुल्झाउँछौं’

  
  प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०७४       | 134 Views   ||

देउखुरी । देउखुरीस्थित भालुवाङ बजारको लालपूर्जा समस्या समाधान गर्ने संयुक्त वामपन्थी उम्मेदवारहरुले प्रतिवद्धता व्यक्त गरेका छन् । आज सयुंक्त वामपन्थी गठवन्धन राप्ती गाउँपालिकाले भालुवाङ पुलचोकमा आयोजना गरेको चुनावी सभामा वोल्ने उम्मेदवारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन ।

भालुवाङवासी लामो समयदेखी लालपूर्जाविहीन रहेको भन्दै उम्मेदवारहरुले अबको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा वामपन्थी दललाई वहुमत प्राप्त हुने र भालुवाङको जग्गाको समस्या हल हुने बताएका हुन ।

सयूक्त वामपन्थी गठवन्धनका निर्वाचन परिचालन समिति राप्ती गाउँपालीका संयोजक किरण भण्डारीको अध्यक्षता तथा वामपन्थी गठवन्धनका प्रतिनिधीसभा क्षेत्र १ का सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी चौधरीले लामो समय सम्म सरकारको नेतृत्व गरिसकेको नेपाली कग्रेसले गर्न नसकेको काम आफूहरुले निर्वाचन जिते गरेर देखाउने वताउनुभयो ।

यस्तै उहाँले भालुवाङबासीका अन्य समस्या लालपूर्जा, खानेपानी,शिक्षा, स्वास्थ्य लगायतका विषयमा आफूहरु गम्भीर रहेको भन्दै पूरा गरेरै छाड्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेश सभा क्षेत्र न १ (१) का उम्मेदवार इन्द्रजित चौधरीले भालुवाङको लालपूर्जा समस्या समाधानको लागि वामपन्थी उम्मेदवारले जित्नुपर्ने वताउनुभयो ।

विकास निर्माणदेखि परिवर्तनको लागि स्थिर सरकार आवश्यक रहेको भन्दै उहाँले अब वन्ने बामपन्थीको सरकारबाट यी समस्या हल हुने बताउनु भयो । कार्यक्रममा नेकपा माओवादी केन्द्र पोलिटव्युरो सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार दामा शर्मा, गंगा चौधरीलगायतका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

नारायण पोख्रेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत अनन्तराज पौडेलले गर्नुभएको थियो । यसैगरी आईतबार नै कालेकाटेमा पनी चुनावी सभा भएको खबर प्राप्त भएको छ ।

राप्रपा छाडी २० जना माओवादी प्रवेश

राप्रपा पार्टी परीत्याग गरी भालुवाङमा २० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा दाङ प्रदेश सभा १ (१) का उम्मेदवार इन्द्रजित चौधरीले टीका लगाई स्वागत गर्नुभएको थियो ।

पार्टी प्रवेश गर्नेहरुमा सुदन गुरुङ, पवनकुमार गुप्ता, त्रिभुवन गुप्ता, राम मनिया पटहर, रमेश गुप्ता, विनोद गुप्ता, छेदिलाल गुप्ता, टिवाकुसीर गुप्ता, प्रतापसिंह पुन, विनोद पटहर, मोहम्मद ओहाव, मोहम्मद अमील, श्यामलाल गुप्ता, आत्मराम खत्री केसी, राजाधर गुप्ता, जीवनदेवी गुप्ता, मोहमद कजील, प्रेमवहादुर पुन रहनुभएको छ ।

नयाँ प्रवेशीलाई पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका उम्मेदवार चौधरीले पछिल्लो समय वामपन्थी गठवन्धनमा पार्टी प्रवेशको लहर चलेको बताउनु भयो । यस्तै कार्यक्रममा बोल्ने नवप्रवेशीहरुले बामगठबन्धनको जितले मात्र देशमा समृद्धि र विकास आउने भन्दै आफुहरुको पार्टी प्रवेश गरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *