वाम गठबन्धनका क्षेत्र नं. १ प्रदेश सभा १ का उम्मेदवार इन्द्रजीत चौधरीले दाङ, देउखुरीको कृषि उत्पादन बढाएर निर्यातमुखी विकास गर्ने बताउनु भएको छ ।
आज गढवामा भएको चुनावी सभालाई सम्बोधन गदै चौधरीले अब कोइलावास नाकाबाट आयात भन्दा निर्यातलाई बढाउने गरी विकासको कामलाई अघि बढाइने बताउनु भयो ।
देउखुरीलाई कृषिको उर्वर भूमिका रुपमा विकास गर्ने र कोइलावास,लमही हुलाकी सडक कांलाकाटेसिक्टा हुँदै नेपालगन्ज जोडने सडकको स्तरउन्नतिका साथै निशुल्क शिक्षा, स्वास्थ्य जस्ता कुरामा आफनो ध्यान गएको कुरा चौधरीले जनता समक्ष बताउनु भयो ।