अब पर्यटनको हव वंगलाचुली हुन्छ – महरा

  
  प्रकाशित मितिः सोमवार, कार्तिक २७, २०७४       | 72 Views   ||

वंगलाचुली कार्तिक २७, 

उपप्रधानमन्त्री तथा दाङ क्षेत्र नं२ का उम्मेदवार कृष्णबहादुर महराले बंगलाचुली यस क्षेत्रकै पर्यटनको ह्व बन्ने कुरा बताउनु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले आज वंगलाचुलीको कमीरचौरमा आयोजना गरेको संयुक्त चुनावी सभालाई संम्वोधन गदैं महराले उतm क्षेत्रलाई आफूले सरकारबाट पर्यटन केन्द्र बनाउनका लागि पहल गर्ने बताएउनु भएको छ ।

आफू अर्थमन्त्री हुँदा घोराही–मुकुर्टी सडक कालोपत्रेका लागि बजेट विनियोजन गरेको कुरा उल्लेख गर्दै महराले वंगलाचुलीमा भ्यूटावर स्थापनाका लागि आफूले अग्रसरता देखाउने र ‘दाङलाई पाँच नं प्रदेशको राजधानी बनाउन पहल गरिराखेको भन्दै अब दाङको जनसंख्या बढ्दै जान्छ र गर्मी छल्लका लागि पर्यटकहरु यहाँ आउनेछन उहाँको भनाई थियो ।

बंगलाचुली क्षेत्रका युवाहरु विदेशीने क्रम रोकेर स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने भनाई पनि महराको रहेको थियो ।

त्यस्तै दाङ क्षेत्र नं २,१ का प्रदेश उम्मेदवार तथा एमाले स्थायी समिति सदस्य शंकर पोख्रेलले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने कुरा वताउनु भएको छ । उहाँले भन्नुभयो दलाल पूँजीवादलाई परास्त गरि बाम गठबन्धनले मुलुकमा आर्थिक समृद्धि ल्याउने पोख्रेलको भनाई थियो ।
वंगलाचुलीको कमिरेचौर पुगेका महरा र पोख्रेललाई हजारौं जनताले झाकि जुलुश सहित स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *