पार्टी एकीकरण चुनाव लगत्तै हुन्छ – प्रचण्ड

  
  प्रकाशित मितिः सोमवार, कार्तिक २७, २०७४       | 114 Views   ||

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लगत्तै पाटी एकता हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन् । जनमत विचलित पार्न र कार्यकर्तामा भ्रम फैलाउन विभिन्न हल्ला रचिएको भन्दै प्रचण्डले हल्लाको पछि नलाग्न कार्यकर्तालार्इ आग्रह गरे ।

साथै उनले मंसिर २१ गतेको निर्वाचन लगत्तै दुई पार्टीबीच एकता हुने दावी गरे ।

‘दुई पार्टीबीच बहुदलीय जनवादलाई आधार मानेर पार्टी एकता गर्ने र नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाने सहमति भएको छ, प्रचण्डले भने, प्रचण्डपथ आधिकारिक भईसकेको अवस्थामा त्यसलाई पनि म आफैले स्थगन गरेको छु, अनुकूल समयमा यस विषयमा थप छलफल गर्न सकिन्छ।’

चितवनको चुनावी अभियानमा रहेका अध्यक्ष प्रचण्डले सिद्धान्तभन्दा पनि जनताको हितमा काम गर्ने समय आएको बताएका छन् । सिद्धान्तको रटाना लगाएर मात्र जनताले केही नपाउने भन्दै अध्यक्ष प्रचण्डले देशको सम्मृद्धिको लागि विकास आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *