गाउँकेन्द्रित बन्दै चुनावी अभियान

  
  प्रकाशित मितिः मङ्लबार, कार्तिक २८, २०७४       | 105 Views   ||

देउखुरी, २८ कार्तिक । बाम गठबन्धनले दाङको क्षेत्र नम्बर १ मा चुनावी अभियान गाउँकेन्द्रित बनाएको छ । सोही क्रममा उम्मेदवाहरुले राप्ती गाउँपालिकाका विभिन्न स्थानमा भेटघाट गरेका छन् ।

सो क्रममा उम्मेदवाहरुले वैज्ञानिक भूउपयोग नीति लागू गरेर जमिनमा सबैको पहुंच पुरयाउने, ५ बर्षमा देउखुरीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, राज्यको लगानिमा नयाँ उद्योगहरु स्थापना गरेर रोजगारी सृजना गर्ने, बन्द भएका पुराना सरकारी उद्योगलाई सञ्चालनमा ल्याउने र मुल कानुन बनिसकेको अव्स्थामा अब जनताको पक्षमा नतिजा आउने सहायक कानुन निर्माण प्रतिबद्धा व्यक्त गरेका छन् ।

उनीहरुले भोट हाल्ने कुरालाई एक दिनको झारा टराइको रुपमा नलिएर आफ्नो भविष्य कस्तो बनाउने भन्ने सोंचेर मतदान गर्न आग्रह गरे ।

दाङ क्षेत्र नम्बर १ का उम्मेदवार मेटमणि चौधरी, प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रजीत चौधरीलगायतले मतदातालाई सम्वोधन गर्नुभएको थियो । मतदाताले भुमिहिन, सुकुम्बासी, मुक्त कमैयाहरुको पक्षमा काम गर्न र भूमिको व्यवस्था गरिदिने माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *