जनताको घरदैलोमा इन्द्रजित (फोटो फिचर)

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       | 224 Views   ||

देउखुरी । आगामी मङ्सिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि बाम गठबन्धनको तर्फबाट दाङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मतदातासँंगको भेटघाट तीव्र बनाएका छन् ।

यसै क्रममा वाम गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ प्रदेश सभा १ उम्मेदवार इन्द्रजित थारु जनताको घरआँगनमै आफुलाई जिताउन आग्रह गरिरहनुभएको छ ।

जनतालाई कुनै निश्चित स्थानमा बोलाएर भाषण सुनाएर फर्काउने चलनचल्ती विपरित जनताको घरदैलोमै पुगेर उनीहरुका दुःख, सुख र समस्यालाई बुझ्ने प्रयास गरिरहेको थारुले बताउनुभयो ।

‘विगतमा यही क्षेत्रबाट संविधानसभा सदस्य बनें, संविधान निर्माण पनि गरियो, थारु भन्नुहुन्छ, ‘अब देशले संविधान पाइसकेको छ । अबको समय विकास र समृद्धिका लागि हो । त्यसैले जनताको घरआँगनमा आफै पुगेर उनीहरुका समस्या र आवश्यकता बुझने प्रयास गरिरहेको छु ।’

जनभेटघाटका क्रममा राप्ती गाउँपालिका—५ कालापानी, वडा नम्बर ४ पिपरखुटी, गोबरडिहाका सुपैलालगायत स्थानमा उहाँ पुगिसक्नुभएको छ । हामीले थारुको जनभेटघाटका क्रममा लिइएका केही तस्बीर प्रस्तुत गरेका छौं ।

 

फोटोहरु : भुपेन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *