सधैं जनताले राज्य खोज्ने अवस्थाको अन्त्यका लागि बामपन्थी सरकार– नेता पोख्रेल

  
  प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       | 110 Views   ||

दाङ । नेकपा एमालेका स्थानीय कमिटी सदस्य शंकर पाखरेलले सधै जनताले राज्य खोज्ने अवस्थाको अन्त्यकालागि बामपन्थी सरकार आवश्यक रहेको बताउनुभएको छ ।

अनेरास्ववियु क्षेत्र नं. २ अन्तर्गत १ र २ ले घोराहीमा आज आयोजना गरेको विशेष भेलालाई सम्वोधन गर्दै नेता पोखरेलले यस्तो कुरा बताउनुभएको हो ।

उहाँले सधै जनताले राज्य खोज्ने होइन अव राज्यले जनता खोज्ने वातावरण बनाउन बामपन्थीको सरकार आवश्यक रहेको जिकिर गर्नुभयो । ‘अप्ठेरो परेको बेला सधै जनताले राज्य कहाँ छ भन्दै खोज्नुपर्ने अवस्था छ’– निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा १ का उम्मेदवार समेत रहनु भएका नेता पोख्रेलले भन्नुभयो ।

कल्याणकारी सरकार निर्माणकालागि बाम गठवन्धनलाई जिताउन आम दाङवासीहरुलाई आग्रह गदैँ– नेता पोखरेलले ‘अबको विकास र समृद्धिकालागि दलको संख्या घटाउनुपपर्छ । यसको सुरुवात बामगठवन्धनले गरिसकेको छ । हिजो राजनीतिक अधिकारकालागि धेरै दलको आवश्यकता परेपनि देशको विकासकालागि भने धेरै दल वाधक सावित भइसकेको छ ।’ भन्नुभयो । उहाँले धेरै पार्टी राजनीतिक स्थायित्वकालागि दलहरुको संख्या घटाउन आवश्यक रहेको समेत बताउनुभयो ।

राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन बामगठवन्धनको आवश्यकता औल्याउदै नेता पोखरेलले काँग्रेसले लिएको भनिएको उदार अर्थतन्त्रले कमिसनखोरलाई मात्रै बढावा दिने ठोकुवा गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई बामगठवन्धनलाई जिताउन सक्रिय भएर लाग्न निर्देशन समेत दिनुभयो ।

अनेरास्ववियु दाङका उपाध्यक्ष सर्जन परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय सदस्य युवा व्यवसायि कृष्ण सुवेदी एमालेमा प्रवेश गर्नुभएको थियो । नवप्रवेशी सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथी शंकर पोखरेलले टिकालगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा अनेरास्ववियुका जिल्ला कोषाध्यक्ष विराज डिसीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला सहसचिव इन्द्र खड्काले गर्नुभएको थियो ।

विद्यार्थीहरुलाई मतदाता शिक्षा

यसैगरी अनेरास्ववियुका नेता, कार्यकर्ताहरुलाई मतदाता शिक्षा दिइएको छ । बामगठवन्धनका उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले सामाजिक विभाग केन्द्रीय सदस्य विकिरण गौतमले विद्यार्थीहरुलाई प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनको मतपत्र, उम्मेदवारहरुका चिन्ह, समानुपातिक मतपत्र र चिन्हका विषयमा जानकारी दिनुभएको हो ।

ती विद्यार्थीहरुलाई मतदाता शिक्षाकालागि गाउगाउमा परिचालन गरिने एमाले दाङका जिल्ला सदस्य एवं घोराही उपमहानगर इन्चार्ज विवेक श्रेष्ठले जानकारी दिनुभयो । यसैवीच नेकपा एमाले घोराही उपमहानगरपालिका–४ सुनपुरमा पनि वामगठवन्धनको चुनावी सभा बुधवार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *