बाम गठबन्धनका उम्मेदवारको प्रतिबद्धता– ‘राप्ती नदीलाई अभिशाप हैन, बरदान साबित गर्नेछौं’

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ३०, २०७४       | 199 Views   ||

देउखुरी । आगामी मङिसर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि गाउँ केन्द्रित चुनावी अभियान थालेको बाम गठबन्धनले बुधबार देउखुरीका विभिन्न स्थानमा चुनावी सभा सम्पन्न गरेको छ । सभामा बोल्ने उम्मेदवारहरुले निर्वाचन जितेपछिका ५ वर्ष पूर्णतः विकास र समृद्धिमा केन्द्रित गर्ने बताएका छन् ।

बुधबार राजपुर २ मटेरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार मेटमणि चौधरीले हरेक वर्ष देउखुरीलाई डुबानमा पारेर क्षति पु¥याउने राप्ती नदीलाई अभिशापका रुपमा नभई वरदानका रुपमा साबित गर्ने बताउनुभयो ।

राप्ती नदीलाई सदुपयोग गर्न सके देउखुरीको विकासमा यसले ठूलो योगदान पु¥याउने बताउँदै उहाँले त्यसका लागि आगामी २ वर्ष भित्रमा राप्ती नदीका दुबै भागमा तटबन्ध निर्माण गर्ने उल्लेख गर्नुभयो ।

‘राप्ती नदी हालसम्म अभिशापका रुपमा रहेको छ । हामी यसलाई सदुपयोग गरेर वरदान साबित गर्नेछौं’ उहाँले भन्नुभयो, ‘निर्वाचन जितेको २ वर्ष भित्रमा राप्ती नदीका दुबै भागमा पक्की तटबन्ध निर्माण गरिनेछ । छेउछाउमा फूलबारी एवं पार्कको निर्माण गरिनेछ भने ¥याफ्टिङ सञ्चालन गरे पर्यटन पर्वद्धन गरिनेछ ।’

यस्तै उहाँले ५ वर्ष भित्रमा देउखुरी क्षेत्रका सबै घरबाट खरको छाना विस्थापित गरेर टिनको छाना राखिने पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ प्रदेश सभा १ का उम्मेदवार इन्द्रजित थारुले मुलुक समाजवादतर्फ उन्मुख भएकाले अब कुनै पनि खालको असमानता रहन नदिने बताउनुभयो । संविधानले नै सबै खालका विभेदहरुको अन्त्य गर्ने व्यवस्था गरेबमोजिम अब प्रदेश सभामार्फत् सहायक कानुन बनाएर त्यसलाई कार्यान्वयन गरिने बताउनुभयो ।

निर्वाचनमा १ दिन बाँडिने पैसाको लोभमा नपर्न मतदाताहरुलाई आग्रह गर्दै थारुले भोलिको भविष्य हेरेर बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा समानुपातिक तर्फका उम्मेदवार दामा शर्मा, विरेन्द्र चौधरीलगायतले बोल्नुभएको थियो । बाम गठबन्धन निर्वाचन परिचालन समिति राजपुर–२ का संयोजक तुलसीराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सदस्य देविराम सुनारले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *